back
NMB ad

चिर्पटले हान्दा बुहारीको मृत्यु

Kumari bank ad

काभ्रे । काभ्रेको चौरी देउराली गाउँपालिका – ५ गनेटारमा एक महिलालाई आफ्नै ससुराले चिर्पटले हिर्काउदा मृत्यु भएको छ । स्थानीय ५१ वर्षीय पदमलाल चौलागाइले बुहारी १८ वर्षीया विपना ढकाल चौलागाईलाई चिर्पटले हिर्काउँदा मृत्यु भएको काभ्रेका डीएसपी महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।

गत सोमबार घरायसी झगडामा ससुरा पदमलालले आफ्नै बुहारीलाइ चिरपट दाउराले हानी मृत्यु भएपछि नजिकैको जंगलमा पुरेर फरार भएका प्रहरीले जनाएको छ । बुधबार आफन्त्ले दिएको सूचनाका आधारमा प्रहरीले ससुरा पदमलाललाई धुलिखेलस्थित हस्पिटल चोकबाट पक्राउ गरेको छ । शव लुकाउन सहयोग गरेको आरोपमा प्रहरीले विपनाकी सासु जमुना चौलागाइ र नन्द सन्तोषी चौलागाइलाईसमेत प्रहरी पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

बुहारीले आफ्नो औला टोकेपछि प्रतिकारमा चिरपट दाउराले हान्दा उसको ज्यान गएको पदमलालले बयानमा बताएका प्रहरीले जनाएको छ । मृतक महिलाको श्रीमान् नुवाकोटामा ज्यामी काम गर्दै आएका छन् ।

२०७५ बैशाख १९ गते प्रकाशित

वि.सं.२०७५ वैशाख १९ बुधवार १७:३३ मा प्रकाशित

You can share this post!

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२६

गण्डकी, २३ वैशाख : लामो समयको खडेरीका कारण पानीको स्रोत...

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१८

गोरखा, २३ वैशाखः गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको...

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१२

सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष...

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै   

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:३५

गण्डकी, २३ वैशाखः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आज...

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’, सरकारले पीडा नसुनेको गुनासो       

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’, सरकारले पीडा नसुनेको गुनासो       

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:२९

नारायण ढुङ्गाना काठमाडौँ, २३ वैशाख : अर्थतन्त्रका आन्तरिक तथा बाह्य...