back
NMB ad

प्रचण्डलाई सेरोमोनियल बनाए : गुरुङ

Kumari bank ad

भक्तपुर । माओवादी केन्द्रका सचिब देब गुरुङले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई सेरोमोनियल अध्यक्ष बनाएको आरोप लगाउनु भएको छ ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले सरकारको क्याबिनेटबाट गरिने निर्णय बाहेक सत्ता साझेदार रहेको दल माओवादी केन्द्रका अध्यक्षसँग कुनै परामर्श नगरी जुन महत्वपूर्ण खालका निणर्यहरु भएका छन् यसले प्रचण्डलाई सेरोमोनियल बनाएको आरोप लगाउनु भयो । उहाँले पार्टी एकिकरणसँगै दुई अध्यक्ष रहने र एकले सरकारको नेतृत्व गर्ने र अर्कोले पार्टीको नेतृत्व गर्ने सहमति भए पनि पछिल्लो समयमा एमाले अध्यक्ष ओलीले त्यस्तो ब्यवहार देखाउन नसक्दा बिश्वासको वातारणमा शंका देखिएको बताउनु भयो ।

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण दुई देश बिचका सम्बन्ध बिस्तारको स्वरुप भएको बताउँदै भ्रमणका समय जसरी नेपाली सुरक्षा कर्मी भन्दा भारतिय सुरक्षाकर्मी बढी हुन कुटनीतिक छलफलको बिषय समेत बनेको उहाँले बताउनु भयो । एमाले र माओवादी केन्द्र लगाएत राष्ट्रवादीहरुको पार्टी एकताका बिषयमा प्रत्यक्ष नभए पनि अप्रत्यक्ष रुपमा बिदेशी शक्तिहरुका चलखेल भईरहेको बताउँदै यस्ता चलखेलबाट चनाखो रहँदै एकिकरण हुँदै जाने उहाँको भनाई छ ।

पार्टी एकिकरणका बारे बाहिर आए जस्तो मिती तय नभएको भन्दै उपयुक्त समयमा संयोजन समितिले निर्धारण गर्ने मितिमा ढिला चाँडो भए पनि पार्टी एकिकरण हुने बताउनु भयो ।

२०७५ बैशाख २८ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २८ शुक्रवार १४:२८ मा प्रकाशित

You can share this post!

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०३

भोजपुर, २३ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको...

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५८

गोदावरी (कैलाली), २३ वैशाखः धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ ।...

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...