back
NMB ad

रामायण सर्किट तथा जनकपुर–अयोध्या बस सेवा शुभारम्भ

Kumari bank ad

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा आज जानकी मन्दिर परिसरमा रामायण सर्किटको घोषणा गर्नुभयो । यसैगरी दुबै देशका प्रधानमन्त्रीले आजै जानकी मन्दिर परिसरमा संयुक्त रुपमा हरियो झण्डा देखाएर नेपाल–भारत मैत्री बस सेवा जनकपुर–अयोध्या–जनकपुरको शुभारम्भ पनि गर्नुभयो ।

सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा पाएको स्वागतका लागि आभार प्रकट गर्नुभयो । उहाँले नेपाली समकक्षी केपी शर्मा ओलीलाई ‘मेरे भाइसाब’ भन्दै आफ्नो स्वागतका लागि जनकपुर आएकामा निकै खुशी व्यक्त गर्नुभयो । भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा आफूले पाएको सम्मान सिंगो भारतवासीका लागि भएको बताउँदै रामायण सर्किट र बस सेवाको सञ्चालनले विगतमा प्रधानमन्त्रीस्तरसम्म रहेको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नमा सहायकसिद्ध हुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “आदरणीय मेरा भाइ सा’ब नेपालका प्रधानमन्त्री केपी शर्मा ओली मेरो स्वागतमा जनकपुर आइपुग्नुभएकोमा म धेरै खुशी छु”, भारतको पहिलो प्रधानमन्त्रीका रुपमा आज जनकपुरमा आइपुगेको छु, राजा जनकको र माता जानकीलाई प्रणाम गर्ने शौभाग्य पाउँदा हर्ष विभोर भएको छु ।”

“नेपाल सरकार र प्रदेश सरकार तथा स्थानीय सरकारद्वारा जुन किसिमको स्वागत र सम्मान मलाई प्रदान गरिएको छ, त्यो हजारौँ वर्षको परम्पराको सम्मान हो,” भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो । उहाँले उक्त सम्मानले आफू निकै हर्षित भएको बताउँदै रामायण सर्किट दुवै देशमा यात्रा गर्ने सम्बन्धमा उदाहरणका रुपमा प्रस्तुत भएको धारणा व्यक्त गर्नुभयो ।

भारतीय प्रधानमन्त्री मोदीले आगामी दिनमा तीव्र रुपमा बढ्दै गइरहेको पर्यटनका माध्यमबाट आर्थिक विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गर्दै आफ्नो स्वागतका लागि गरेको प्रबन्धका लागि नेपाल सरकार, राज्य सरकार र नगर सरकार तथा स्वयं प्रधानमन्त्रीको पटक पटक प्रशंसा गर्नुभयो ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मोदीलाई जनकपुरमा स्वागत गर्न पाउँदा आफूलाई निकै खुशी लागेको बताउनुभयो । उहाँले जनकपुर–आयोध्या बस सेवा र रामायण सर्किटको अवधारणाले धार्मिक पर्यटनलाई टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले जनकपुर र भारतको सम्बन्ध पौराणिककालदेखिकै भएको बताउँदै “मोदीको भ्रमणबाट हामी निकै खुशी छौँ, जनकपुरवासी धेरै खुशी छन् भन्नुभयो ।”

राम र सीताको विवाह भएको सम्झनास्वरुप अयोध्याबाट रामको बरियात ९जन्ती० ल्याउने र जनकपुरबाट सीता अन्माएर पठाउने प्रचलन अहिले पनि जारी रहेको कुरा स्मरण गर्दै उहाँले नेपाल र भारतबीच सांस्कृतिक, धार्मिक र सामाजिक सम्बन्ध युगौँ पहिलेदेखि नै रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले जनकपुर भन्नेबित्तिकै शिवको धनुष र राम सीताको विवाह सम्झना हुने, ज्ञानको कमी रहेको बेलामा पनि परशुराम, यज्ञवल्क्यजस्ता विद्वान्हरुको रहेको र ज्ञानका बारेमा बहस हुने गरेको पौराणिक प्रसंग जोड्दै जनकपुर ज्ञानभूमि रहेको बताउनुभयो ।

धनुषाधाम, जनकपुरस्थित जानकी मन्दिर र वाल्मीकि आश्रम मिलाएर रामायण सर्किटको निर्माण गर्ने भन्दै उहाँले दुई देशबीच यसअघि भएका सम्झौतामा विलम्ब भएको र अबको युग २१औँ शताब्दी भएकाले अब त्यसो नहुने दाबी गर्नुभयो ।

नेपालको दुई दिने राजकीय भ्रमणमा जनकपुर आउनुभएका भारतीय प्रधानमन्त्री मोदीले एक घण्टाभित्रै आफ्नो पूजाअर्चना गरी धार्मिकस्थल र जनस्तरमा सम्बन्ध जोड्ने कार्य आरम्भ गर्नुभएको हो ।

रासस
२०७५ बैशाख २८ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २८ शुक्रवार १५:०३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...