back
NMB ad

कस्तो असर गर्छ मदिराले ?

Kumari bank ad

कतिपय खराब कुरालाई पनि हामीले जीवनको अंग बनाएका हुन्छौँ । जुन बानीले शरीरमा गम्भीर रोग नै निम्त्याउन सक्छ । शरीरलाई असर पार्ने त्यस्तै एउटा बानी हो, नियमित मदिरा सेवन । नियमित मदिरा सेवनले शरीरमा पार्ने गम्भीर समस्या यस्ता छन् :

मुखको क्यान्सर
धेरैले मदिराको असर कलेजोमा मात्र पर्न जान्छ भन्ने ठान्छन् । तर, मदिराले अन्य गम्भीर समस्या पनि निम्त्याउने गर्छ । दैनिक मदिरा सेवन गर्नाले मुखमा क्यान्सरको सेल बढ्दै जान्छ । जसले मुखमा क्यान्सर हुने खतरा बढ्दै जान्छ ।

घाँटीको क्यान्सर
धेरैलाई अचम्म लाग्न सक्छ, मदिराले घाँटीको क्यान्सर पनि हुन्छ । तर, यो सत्य हो । लामो समयसम्म मदिरा सेवन गर्ने बानीले घाँटीको क्यान्सर मात्र होइन, रगत बान्ता गर्ने समस्यासमेत देखिन थाल्छ ।

लिभर डिडिज
मदिरा सेवनले ‘लिभर डिजिज’ अर्थात् कलेजोको संक्रमण गराउँछ । कलेजोको सुरक्षाका लागि मदिरा सेवन खतरनाक मानिन्छ । निरन्तर मदिरा सेवनका कारण कलेजो ड्यामेज नै हुन सक्छ ।

ब्रेन स्ट्रोक
दैनिक मदिरा सेवनले शरीरको रक्तसञ्चार बिगार्छ । परिणाम ब्रेन स्ट्रोकको खतरा बढ्दै जान्छ ।

हर्ट डिजिज
मदिराले मुटुमा पनि असर पार्छ । मुटु मानव शरीरको अति संवेदनशील अंग हो । शरीरमा मदिराको मात्रा बढ्दै गयो भने रक्तसञ्चारको गति पनि तीव्र हुन्छ । र, हर्ट डिजिज हुने सम्भावना अत्यन्त बढी हुन्छ ।

उच्च रक्तचाप
उच्च रक्तचाप गम्भीर रोग हो । उच्च रक्तचापका कारण कुन समयमा मानिस मृत्युनजिक पुग्छ भन्ने टुंगै हुँदैन । नियमित मदिरा सेवनका कारण निम्तिने अर्को रोग उच्च रक्तचाप पनि हो ।

यसरी असर गर्छ मदिराले
३० एमएल मदिरामा एक सय क्यालोरी हुन्छ । लिमिटभन्दा बढी मदिरा सेवनले क्यालोरीको मात्रा पनि बढ्दै जान्छ । यति मात्र होइन, मदिरा सेवनले ब्रेनमा डोपामाइन हर्मोन उत्पादन गर्छ । डोपामाइनले तीव्र गतिमा रक्तसञ्चार बढ्न थाल्छ ।

जसका कारण रक्तचापको लेभल बढ्दै जान्छ । मदिराले मुटुको कम्पनलाई समेत बढाउँछ । रगतमा असर पर्दै जाँदा रगतमा चिनीको मात्रा पनि कम हुँदै जान्छ ।

फलस्वरूप आँखा धमिलो हुने समस्या देखा पर्छ । शरीरमा मदिराको मात्रा बढ्दै जाँदा कार्टिसोल हर्मोनको मात्रा पनि बढ्छ र तनावलाई बढाउँदै लान्छ ।

नयाँ पत्रिका
२०७५ बैशाख ३० गते प्रकाशित

वि.सं.२०७५ वैशाख ३० आइतवार १२:५९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...