back
NMB ad

आँधीबेहरीबाट धनजनमा ठूलो क्षति

Kumari bank ad

धनगढी । गएराति कैलालीमा चलेको भीषण आँधीबेहरीका कारण धनमालको ठूलो क्षति पुगेको छ । झन्डै आधा घन्टासम्म चलेको आँधीबेहरीका कारण कच्ची घरको धुरी खस्दा त्यसमा च्यापिएर गौरीगङ्गा नगरपालिकाकी ५६ वर्षीया चारुमति बुढाको मृत्यु भएको हो ।

यसैगरी आँधीबेहरीका कारण कैलारी गाउँपालिका हसुलियाकी २१ वर्षीया बेदनिया चौधरी र ४० वर्षीया शोभा चौधरी घाइते भएकी छिन् । घाइतेलाई सेती अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाएको छ ।

प्रहरीले दिएको क्षतिको विवरणअनुसार गौरीगंगा नगरपालिकाको एक घरगोठमा भएको आगलागीमा जलेर एक चौपाया र मसुरियामा अर्को एक चौपाया मरेको छ । आँधीबेहरीका कारण चुरेपहाडी क्षेत्र सुगरखालमा २१ कच्ची घर र चार विद्यालयको छाना उडाएको छ ।

यस्तै मालाखेतीमा २० घर र तीन विद्यालय, टीकापुरमा आठ, मोहन्यालमा १००, मसुरियामा १३, वर्दगोरिया र भजनीमा एक÷एक घर तथा एक विद्यालय, धनगढीमा ३८ घर र एक विद्यालयको छाना उडाइ क्षति पु¥याएको छ ।

यस्तै धनगढीको विशालनगर र मोहनपुर क्षेत्रका तीन वटा कुखुरा फार्मका सात हजारभन्दा बढी कुखुराका चल्ला र ठूलो संंख्याका ब्रोइलर कुखुरा नष्ट भएका छन् । आँधीले रुख ढलाएपछि आन्तरिक मामिला तथा कानून मन्त्रालय परिसरका फलामे बारमा क्षति पु¥याएको छ ।वर्षासहितको आँधीबेहरीले धनगढीमा रहेको धनगढी एफएम र जनआवाजको टावर ढलेर क्षति पुगेपछि एफएमको प्रशारण बन्द भएको छ ।

नेपाल विद्युत् प्राधिकरण धनगढीका अनुसार, आँधीबेहरीले धनगढी र आसपासका क्षेत्रमा झण्डै ४० लाख मूल्य बराबरका १८० वटा बिजुलीका खम्बा र तार चुँडिएर क्षति पुगेको जानकारी दिनुभयो । विद्युत्मा पुगेको क्षतिसँगै जिल्लामा गए रातिदेखि नै विद्युत आपूर्ति बन्द भएको छ ।

यस्तै गएरातिदेखि नै अवरुद्ध टेलिफोन र मोबाइल फोन सेवा अझैसम्म पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । आँधीबेहरीले रुख र हाँगा खसेरअवरुद्ध भएका केही क्षेत्रका सडकमा दिउँसोसम्म आवागमन नियमित बनाइएको छ ।

२०७५ बैशाख ३१ गते प्रकाशित

वि.सं.२०७५ वैशाख ३१ सोमवार १७:५८ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...