back
NMB ad

गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै जान सक्दैनः प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै जान नसक्ने भन्दै सुशासन र विकास आजको प्राथमिकता भएको बताउनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले त्यसका लागि आज असान्र्दभिक भएका हिजोका कतिपय उपयोगी नीति, विधि र संरचनाहरु परिवर्तन, परिमार्जन र संशोधन गरिने जानकारी दिनुभयो ।
गणतन्त्रलाई संस्थागत गर्न, संविधानलाई कार्यान्वन गर्न र लोकतन्त्रलाई सुदृढ गर्न तीनवटै तहको निर्वाचन सम्पन्न गरिसकेको उल्लेख गर्दै केन्द्रमा प्रगतिशिल, देशभक्त र जनपक्षीय सरकार र सातै प्रदेश तथा ७५३ स्थानीय तहमा जननिर्वाचित सरकार क्रियाशिल रहेको बताउनुभयो ।

‘सुशासन र विकासको प्रतिबद्धतासहित संसदबाट सर्वसम्मतीले सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । यसबाट राष्ट्रिय आकांक्षाको परिपूर्तिको दिशामा अघि बढ्न, राष्ट्रिय एकता व्यापक एवं सुदृढ बन्दै गएको सुखद अनुभूति हामीलाई भएको छ,’ प्रधानमन्त्रीले भन्नुभयो ।
प्रधानमन्त्रीले लोकतन्त्र नेपालीका लागि कसैले सापटीमा दिएको विधि नभएर नेपालीले लडेर स्थापना गरेको जीवन पद्धति भएको बताउनुभयो ‘गणतन्त्र पनि नेपाली सभ्यता र परम्पराको हिस्सा र वर्तमानमा यथार्थ हो । दुनियाँमा लोकतन्त्रका मूल्य–मान्यता स्थापित नहुँदै हाम्रा पुर्खाले अङ्गीकार गरेको आफ्ना प्रतिनिधि छान्ने र उनीहरूमार्फत शासन–सत्ता सञ्चालन गर्ने अद्वितीय विधिको म स्मरण गर्न चाहन्छु,’ उहाँले भन्नुभयो ।

‘कुनै वंश विशेषको उत्तराधिकारीबाट हैन भन्ने तपाईंहरुको चाहना यस घोषणबाट सम्बोधन गरिएको थियो,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘कुनै समय थियो, जनतामा निहित सार्वभौमसत्ता अन्तै कसैमा निहीत छ । जनतालाई जनता हैन रैति ठानिन्थ्यो । देशको मूल कानूनलाई समेत कुनै वंश विशेषका उत्तराधिकारीको खल्तिको पर्चा जस्तो माानिएको थियो ।’

प्रधानमन्त्रीले गणतन्त्र दिवस जनताको दिवस र आम नेपालीको दिवस भएको बताउनभयो । ‘गणतन्त्र दिवस, जनताको विजय र कुलिनतन्त्रको पराजयको दिन हो । एउटा प्रगतिशिल परम्पराको थालनी र परम्पराको नाममा, जन्मसिद्ध श्रेष्ठताको आधारमा शासन गर्ने पाखण्डी व्यवस्था अन्त्य भएको दिन हो,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीले विकास, समृद्धि, सुशासन एवं स्थिरता अबको नेपालको गन्तव्य भएको बताउँदै गरीबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचार विरुद्धको कार्य मुख्य अभियान भएको उल्लेख गर्नुभयो ।

२०७५ जेठ १५ गते प्रकाशित

वि.सं.२०७५ जेठ १५ मंगलवार १४:१९ मा प्रकाशित

You can share this post!

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३७

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने...

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया  कार्यक्रम सम्पन्न

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय,...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य...

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:०५

टोकियो, १८ वैशाख : जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष...