back
NMB ad

एनएमबि बैंक र नेपाल क्यान्सर अस्पतालबीच भयो यस्तो सम्झौता, ग्राहक तथा कर्मचारीले पाउनेछन यस्ता सुबिधा

Kumari bank ad

काठमाडौं । एनएमबि बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुका लागि नेपाल क्यान्सर अस्पतालसँग बिभिन्न सेवा तथा सुबिधाहरुमा छुट प्रदान गर्ने बिशेष सम्झौता गरेको छ ।

सम्झौतामा बैंकका प्रमुख विजनेश अफिसर सुदेश उपाध्याय र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले संयूक्त हस्ताक्षर गरेका थिए । यस अस्पतालमा अन्तराष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुबाट बिभिन्न खाले क्यान्सर रोगहरुको उपचार हुने गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सम्झौता अनुसार एनएमबि भिषा डेविट तथा क्रेडिट कार्डको प्रयोग गरि अस्पतालमा उपलब्ध क्यान्सर रोगको स्क्रिनिङ प्याकेज, रेडियोलोजी, ल्याबोरोटारी तथा बेड चार्जमा १० प्रतिशत रेडियशन थेरापी र ब्राचिथेरापीमा ७ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बताइएको छ ।
बैंकले आफ्ना ग्राहकहरुलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले लामो समय देखि यस्ता बिभिन्न खाले सम्झौताहरु गर्ने गरेको बैंकले जनाएको छ । यो सम्झौता एक वर्षका लागि गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

२०७५ असार १९ गते प्रकाशित

वि.सं.२०७५ असार १९ मंगलवार २१:०५ मा प्रकाशित

You can share this post!

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...