back
NMB ad

प्रभु बैंकको संस्थापक सेयरमा कटअफ मूल्य एक सय रुपियाँ कायम

Kumari bank ad

काठमाडौं । प्रभु बैंकले असार ११ गतेदेखि १८ गतेसम्म लिलामीमा ल्याएको १५ लाख ६० हजार २०३ कित्ता संस्थापक सेयरको बोलपत्र खुला भएको छ । संस्थापक समूहतर्फको सेयरको कटअफमूल्य १०० रुपैयाँ कायम भएको बिक्री प्रबन्धकले जनाएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार संस्थापक सेयरमा आवेदन गर्ने सबै ४६ आवेदकले नै सेयर प्राप्त गरेका छन् । संस्थापक सेयरका लागि अधिकतम ११६ रुपैयाँको आवेदन परेको थियो । ती आवेदकले आठ हजार ५०० कित्ता सेयरको बोलपत्र पेश गरेका थिए ।

सञ्चय कोषले एक सय रुपैयाँमा लिलामीमा आएको सबै संस्थापक सेयरका लागि आवेदन गरेको थियो । तर कोषले आठ लाख ८० हजार कित्ता हाराहारीमा मात्र सेयर प्राप्त गर्ने अवस्था देखिएको क्यापिटलले जनाएको छ ।

बैंकको सेयर विक्री प्रबन्धक प्रभु क्यापिटलमा सोमबार बिहान १० बजेदेखि खुला गरिएको थियो । संस्थापक सेयरका लागि न्यूनतम एक हजार कित्ताका लागि बोलपत्र पेश गर्नुपर्ने व्यवस्था रहेको थियो ।

२०७५ असार २६ गते प्रकाशित

वि.सं.२०७५ असार २६ मंगलवार ०९:०८ मा प्रकाशित

You can share this post!

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:५३

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...