back
NMB ad

गंगामायाद्वारा अनशन स्थगित

Kumari bank ad

काठमाडौँ । वीर अस्पतालमा आमरण अनशनमा बस्नुभएका गंगामाया अधिकारी अनशन तोड्नुभएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको उपस्थितिमा जुस खुवाएर अधिकारीलाई अनशन तोडाउनुभएको हो ।

जुस खाएपछि अधिकारीले आफू १० दिनका लागिमात्र अनशन तोडेको बताउनुभयो । “मेरो छोराको हत्या गर्ने दोषीलाई अहिले समातिएको छ”, उहाँले भन्नुभयो, “अब कारबाही हुन्छ कि हँुदैन, १० दिनसम्म दोषीलाई सरकारले के गर्दछ हेर्छु, यदि कारबाही नगरे फेरि ११औँ दिनमा अनशनमा बस्छु ।”

उहाँले अहिलेको अनशन तोडेको नभई स्थगितमात्र गरेको बताउनुभयो ।

सो अवसरमा मन्त्री तामाङले अनशन तोडाउँदा गंगामायालाई कहिल्यै अनशन बस्न नगरिकन न्याय दिलाउने बताउनुभयो ।

“सरकार अन्यायमा परेकालाई न्याय दिलाउने गर्दछ”, उहाँले गंगामायालाई भन्नुभयो, “तपाईलाई न्याय दिलाउनका लागि नै अदालत प्रक्रिया थालिएका हौँ ।”

गंगामायालाई न्याय दिने सम्बन्धमा सरकार र मानवअधिकार सम्मलित समिति बनाइनेसमेत मन्त्री तामाङले बताउनुभयो ।

आयोगका अध्यक्ष शर्माले अधिकारीलाई न्याय दिलाउने बाटोमा आयोग लाग्ने बताउँदै “अहिले घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ, अब दोषीलाई कारबाही हुने प्रक्रियामा रहेको छ, भन्नुभयो ।”

उहाँले भन्नुभयो, “यदि सरकारले दोषीलाई कारबाही गर्न केही नगरे हामी तपाईको साथमा छौँ ।”

गोर्खा फुजेलकी ५८ वर्षीया अधिकारी गत जेठ १५ गतेदेखि छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशन बस्नुभएको थियो ।

गत आइतबार उहाँका छोराको हत्याका आरोपित छविलाल पौडेल सर्वोच्च अदालतमा पुगेर आत्मसमर्पण गरेपछि अधिकारीलाई अनशन तोडाउने प्रयास गरिएको थियो ।

छोरा कृष्णप्रसादको हत्यारालाई कारबाहीको माग गर्दै अधिकारीको श्रीमान् नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा विस २०७१ असोज ६ गते निधन भएको थियो ।

विसं २०६१ जेठ १४ गते छोरा कृष्णप्रसाद अधिकारीलाई मामाघर चितवन गएको बेला हत्या भएको थियो ।

२०७५ असार ३० गते प्रकाशित

वि.सं.२०७५ असार ३० शनिवार १०:२० मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...