back
NMB ad

हलोक्रान्तिका नायकलाई राज्यले सम्मान गर्न नसकेको गुनासो

Kumari bank ad

सन्देश पौडेल
लमजुङ,
“शेषकान्त लेप्टन, हरिभक्त तिघ्रे,
तोयानाथ पण्डित हलो जोति बिग्रे ।”
ब्राह्मणवाद तथा जातीय भेद्भावसँगै हली प्रथा अन्त्यको लागि पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जना बाहुनले नेपालमै पहिलो पटक हलो जोतेका थिए ।

पहिलो पटक २००६ मा दुराडाँडामा हलो जोतेपछि २००८ सम्ममा तनहुँ, कास्की, धादिङ, अर्घाखाँची, गोरखा र स्याङ्जामा पनि हलो जोत्न शुरु भयो । त्यसबेला हलो जोत्नेहरुलाई भातभान्छा रोकियो, माइत आएका छोरीबेटी घर जान पाएनन् । घर गएका बुहारी माइत आउन पाएनन् भने उमेर पुगेका युवायुवतीको बिहे रोकियो । जोतेको समयमा हेर्न जानेलाई समेत भात बार्ने काम भयो । कतिले हेर्न गएको थिइन् भनी ढाँटेर बिहे गर्नुप¥यो । समाज अस्तव्यस्त भयो ।

बाहुनले हलो जोतेको भनेर गरिएको विभेद् तीन वर्ष पनि टिकेन बरु हलो जोत्न हुन्छ भन्ने भावनाको विकास भयो । हलो क्रान्तिको धेरैले प्रशंसा गर्न थाले । पहिला जोत्ने ठाउँमा गएको थिइन् भनेर ढाँट्ने पनि पछि त म पनि गएको थिएँ भन्न थाले ।

वर्षै साल लमजुङको दुराडाँडामा हलो क्रान्ति दिवस मनाइन्छ । यो दिवसलाई राष्ट्रव्यापी बनाउँदै हलो क्रान्तिका अभियन्तालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग लमजुङवासीको छ । तोयानाथ स्मृति प्रतिष्ठानका सचिव दीपक पौडेलले राज्यले आफुूहरुको आवाज नसुनेको गुनासो गनुहुन्छ ।

यो घटना इतिहासमा हलो क्रान्तिको रुपमा अंकित छ । हलो क्रान्तिको रुपमा साउन ११ गते दुराडाँडाँमा वर्षेनी हलोत्कर्षक दिवश मनाउने गरिएको छ । तर, यस कार्यले मात्रै यस क्रान्तिको मर्म नपुग्ने र यसलाई राष्ट्रिय हलो क्रान्तिकै रुपमा देशभर मनाउनु पर्नेमा प्रतिष्ठानका सदस्य ऋषिराम खनियाँ बताउनुहुन्छ ।

हलो क्रान्तिलाई राष्ट्रिय दिवसको रुपमा मान्यता दिन र पहिलो पटक हलो जोतेर सामाजिक अभियान शुरु गर्ने अभियान्तालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने स्थानीयवासीको माग छ । हलो जोतेको दुराडाँडाको अच्र्यालेनीस्थित बाटे गरामा एक रोपनी जग्गा तोयानाथको नाममा छ ।

उहाँकै नामबाट उद्यान पनि बनेको छ । यहाँ हलो जोत्ने सबैको नाम ठेगाना उल्लेख गरी सालिक बनाउने उद्देश्यका साथ हलो क्रान्ति नेपाल तोयनाथ स्मृति प्रतिष्ठान नेपाल लागिपरेको छ ।

हलो क्रान्तिलाई राष्ट्रिय दिवसको रुपमा मान्यता दिन र पहिलो पटक हलो जोत्नेलाई क्रान्तिकारीको सम्मान दिन उठेको मागलाई राज्यले सम्मान गर्न सकेको छैन । हलो क्रान्तिलाई सामाजिक अभियानको रुपमा स्वीकार गर्दै क्रान्तिका नायकको स्मृतिमा विशेष कार्यक्रम गर्ने नगरपालिकाको योजना छ । “परिवर्तनका नायकलाई राज्यले सम्झनै पर्छ, हामी नगरपालिकाबाट पनि विशेष पहल गर्छौ” नगर प्रमुख जनकराज मिश्रले भन्नुभयो ।

उनान्साठीऔं हलो क्रान्ति दिवसको अवसरमा लमजुङको दुराडाँडाको अच्र्यल्यानीमा आज विविध साहित्यिक कार्यक्रम आयोजना गरिँदै छ । ब्राहमणहरुले पहिलोपटक हलो जोतेको स्मरणमा लमजुङको दुराडाँडाको अर्चल्यानीमा पण्डित तोयानाथ अधिकारी स्मृति प्रतिष्ठानले आज साहित्यक कार्यक्रम आयोजना गरेको हो । रासस
                                                                                                                          २०७५साउन ११ गते प्रकाशित

वि.सं.२०७५ साउन ११ शुक्रवार १२:३२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...