back
NMB ad

गलत उद्देश्यबाट निर्देशित पैसा भित्रन दिइँदैन : प्रधानमन्त्री

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले देशमा गलत उद्देश्यबाट निर्देशित पैसा भित्रन नदिइने बताउनुभएको छ ।

तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का इन्जिनियरहरुको एकता घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले गलत माध्यमद्वारा नेपाल भित्रने पैसा रोक्नु पर्ने प्रधानमन्त्रीको धारणा छ । “गलत उद्देश्यका साथगलत च्यानलबाट डलर, युरो बाँडेर समाज बिथोल्ने कार्य हुन सक्दैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “नेपाल भित्रने पैसा बैंक मार्फत र उद्देश्य स्पष्ट गरेर मात्र ल्याउन पाइन्छ ।”

प्रधानमन्त्री ओलीले विकासका काममा ढिलाइ गर्न नुहने र गुणस्तरियतालाई पनि ख्याल गर्नु पर्ने बताउनुभएको छ । देश अहिले विकासको महअभियानमा भएकोले यसमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । सरकारलाई जनताले देश अघि बढाउने अधिकार सहितको अभिभारा सुम्पिएकोले त्यसबाट दाँयाबाँया नगरिने प्रधानमन्त्री ओलीले स्पष्ट गर्नुभयो ।
देश विकासका लागि जनतामा आत्मविश्वास बढाउनु पर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । “अब जनतामा आत्मविश्वास बढाएर देश निर्माण गरिन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले दुई संगठनको एकिकरणपछि गठन भएको प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाललाई बधाई समेत दिनुभयो । एकतावद्ध संगठनले देशको विकासको नक्सांकन पनि थप मजवुद ढंगले गर्ने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गर्नुभयो ।
संगनठले मुक्तिबहादुर श्रेष्ठ संयोजक र हरिराम पराजुली महासचिब रहेको ९५ सदस्यीय कार्यसमिती गठन गरेको छ ।

२०७५ साउन १२ गते प्रकाशित

वि.सं.२०७५ साउन १२ शनिवार २०:३० मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...