back
NMB ad

कलंकी नागढुंगा सडक एक महिना भित्र बनाउन ठेकेदारलाई मन्त्रि महासेठको अल्टिमेटम

Kumari bank ad

काठमाडौं । कलंकी नागढुंगा सडक खण्डको अनुगमन गर्दै यातायात मन्त्री रघुबीर महासेठले आगामी भदौ १२ गते सम्म सडक मर्मतमा सुधार नआए सरकारले ठेकेदार सँग गरेको सम्झौता तोड्ने बताएका छन् ।

शनिबार एक्कासी सडक बिभाग र सम्झौतारत ठेकेदार कम्पनी सैलुङ कन्स्ट्रक्सनका प्रतिनिधि सहित अनुगमनमा पुगेका मन्त्री महासेठले सडकको चौडाइ घटाएरै भए पनि यात्रु र यातायात सहज बनाउने दाबी समेत गरेका छन् । ठेकेदारको काम प्रति असन्तुस्टि जनाउदै तत्काल जनतालाई राहत हुने काम नगरे जो कोही भएपनि कारबाहीको भागीदार हुने मन्त्रिको आक्रोश थियो । ठेकेदारलाई थपेको समयसिमा प्रति अनभिज्ञ प्रकट गर्दै मन्त्री महासेठले यो सरकारको भन्दा पनि सडक बिभागको जिम्मेबारी भित्र पर्ने हुनाले संचारकर्मीको प्रश्न सडक बिभाग प्रतिनै तेर्साएका थिए ।

झन्डै ६ किलोमिटर सडक बनाउन ठेकेदार कम्पनी सैलुङ कन्स्ट्रक्सनले चार बर्ष बिताउदा जम्मा ४० प्रतिसत काम सकिएको छ भने यो सडक खण्डमा पर्ने दुई पुलको हालसम्म टेन्डर हुन सकेको छैन । उता मन्त्री सँगै अनुगमनमा पुगेका ठेकेदार सैलुङ कम्पनीका प्रतिनिधि नबराज सुबेदीले भने मन्त्रीको भनाइ प्रती असहमती जनाउँदै भदौ भित्र सडक सुधार असम्भब रहेको बताएका थिए । सुटुक्क अनुगमनमा पुगेका मन्त्री लगायत सरकारी अधिकारी प्रति स्थानियले लक्षित गर्दै आक्रोशसमेत पोखेका थिए । अनुगमनमा सँगै रहेका प्रदेश सांसद रमा आलेमगरले राजधानी भित्रिने र बहिरिने प्रमुख नाका प्रति सरकार र ठेकेदारको लापरबाहिले आम जनताले दुःख पाएको प्रसँग निकाल्दै जतिसक्दो चाँडो सम्पूर्ण समस्याको हल निकाल्न अनुगमन टोलिलाई सुझाब दिएकी थिइन् ।

यस अघि सडकको दुरावस्थाले देशभरका नागरिकले पिडा खेप्नु परेको भन्दै धादिङ संघीय निर्वाचन क्षेत्र नं. १ का सांसद भुमी प्रसाद त्रिपाठीद्वारा संसदमा विशेष समय लिएर सरकारको ध्यानाकर्षण गराएका थिए ।

हेर्नुहोस भिडियो

२०७५ साउन १२ गते

वि.सं.२०७५ साउन १२ शनिवार १८:२७ मा प्रकाशित

You can share this post!

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...