back
NMB Ad

भिटोफको अध्यक्षमा ध्रुव सिंखडा विजयी (पुर्ण कार्यसमतिको सूचि सहित)

काठमाडौँ । ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) को २२ औँ साधारणसभाले ध्रुव सिंखडाको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

दुई प्यानलबीच भएको चुनावी प्रतिस्पर्धाको मंगलबार राति सम्पन्न मतगणनामामा नेकपा निकटका वासु पण्डेलार्इ ३५ मतले पराजित गर्दै नेकपा निकटकै सिंखडा विजयी बनेका हुन । धादिङमा जन्मिएका सिंखडा लामो समयदेखि पर्यटन व्यवसायमा क्रियाशिल रहेका छन । उनले यसअघि भिटोफको प्रथम उपाध्यक्षको जिम्मेवारीमा समेत रहीसकेका थिए ।

यस्तै प्रथम उपाध्यक्षमा दीपक दाहाल र तिय उपाध्यक्षमा गोपाल थापा विजयी भएका छन । उनीहरू दुबै पाण्डे समूहका उम्मेदवार हुन । महासचिवमा सिंखडा प्यानलबाट उम्मेदवार बनेकी कांग्रेस निकट व्यवसायी जस्फा पाण्डे नेकपा निकटका दीपक खनाललार्इ ३ मतले पराजित गर्दै विजयी भएकी छिन ।

यस्तो छ निर्वाचित कार्यसमिति :

१. धुर्ब सिम्खडा – अध्यक्ष
२. दिपक दाहाल – प्रथम उपाध्यक्ष
३. गोपाल थापा – दित्तिय उपाध्यक्ष
४. जस्फा पान्डे – महासचिव
५. नबराज थापा – सचीव
६. राजकुमार धमला – कोषादस्य
७. सकुन्तला देबकोटा – सह–कोषादस्य
८. जीवन थपालिया – सदस्य
९. देबि कृष्ण रोकाया – सदस्य
१०. राममनि रिजाल – सदस्य
११. सान्त कुमार बानिया – सदस्य

फिटोफमा पहिलो पटक प्यानलै बनाएर चुनावमा होमिएका व्यवसायीका बीचमा चुनावी रौनकता बढी नै देखिएको थियो । नेकपा निकटका व्यवसायीले एउटा प्यानल निर्माण गरेका थिए भने तत्कालीन एमालेबाट असन्तुष्ट बनेको समूहले कांग्रेससँगको सहकार्यमा अर्को समूह निर्माण गरेको थियो ।

वि.सं.२०७५ साउन १६ बुधवार ०१:२२ मा प्रकाशित

You can share this post!

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो   

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो   

वि.सं.२०८१ चैत १३ बुधवार १२:१६

इटहरी (सुनसरी) : इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक...

जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…   

जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…   

वि.सं.२०८१ चैत १३ बुधवार १२:०१

जमुना वर्षा शर्मा पोखरा, १३ चैतः अमेरिकन नागरिक ७२ वर्षीया...

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात संघबीच बीमा सम्झौता

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात संघबीच बीमा सम्झौता

वि.सं.२०८१ चैत १३ बुधवार ११:४९

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती...

नेपालमा सामाजिक सञ्जाल दर्ता अनिवार्य : ३० दिनभित्र सूचीकरण नगरे प्रतिबन्ध लाग्न सक्ने

नेपालमा सामाजिक सञ्जाल दर्ता अनिवार्य : ३० दिनभित्र सूचीकरण नगरे प्रतिबन्ध लाग्न सक्ने

वि.सं.२०८१ चैत १३ बुधवार ११:३९

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल नियमनलाई थप प्रभावकारी बनाउने...

नबिल बैंकको कामु सीईओमा मनोज कुमार ज्ञवाली

नबिल बैंकको कामु सीईओमा मनोज कुमार ज्ञवाली

वि.सं.२०८१ चैत १३ बुधवार १०:४८

काठमाडौं । नबिल बैंक लिमिटेड का प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

सुनको भाउमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ चैत १३ बुधवार १०:३८

काठमाडौं। साताको चौथो कारोबार दिन सुनको भाउ सामान्य बढेको छ...