back
NMB ad

घटायो विदुर नगरपालिकाले करको दर ।

Kumari bank ad

नुवाकोट, । विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ । बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको दरमा कटौती गरेको हो । सम्पत्तिको मूल्यांकन बढेकाले करको दरमा वृद्धि हुन आएकाले दरलाई समायोजन गरी स्थानीय राजपत्रमा प्रकाशित गरिएको विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितले बताउनुभयो ।

विसं २०७१ मा तत्कालीन नगरपरिषद्ले पारित गरेको एकीकृत सम्पत्ति करको दरलाई अहिले कार्यान्वयन गर्ने तयारी गरेपछि कर फिर्ताको माग गर्दैै विरोध भएको थियो । नगरक्षेत्रको सम्पत्तिको मूल्यांकन वृद्धि भएकाले पुरानो करको दरलाई संशोधन गरी घटाएको पण्डितले बताउनुभयो ।

सम्पत्तिको मूल्यांकन घटाउँदा नागरिकले पाउने सुविधामा प्रभाव पर्ने भन्दै सम्पत्तिको मूल्यांकन पहिलेकै कायम गरी तिर्नुपर्ने करको दरमा परिवर्तन गरिएको विदुर नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालले बताउनुभयो । यसअघि रु २०० देखि रु ५० हजारसम्म एकीकृत सम्पत्ति कर नगरपालिकालाई बुझाउनु पर्ने दर राखिएको थियो । परिवर्तित दरअनुसार अब रु २०० देखि रु १५ हजारसम्म मात्र कायम गरिएको छ । सबैभन्दा कम रु एक लाख देखि रु पाँच लाखसम्म सम्पत्तिको मूल्यांकन भएका नागरिकले वार्षिक रु २०० कर तिर्नुपर्छ । भने सबैभन्दा बढी रु चार करोडदेखि रु पाँच करोडसम्म सम्पत्तिको मूल्यांकन भएकाले रु १५ हजार कर तिर्नुपर्ने छ ।

यस्तै रु पाँच करोडभन्दा माथि सम्पत्ति मूल्यांकन भएकाको हकमा प्रतिहजारमा ५० पैसा कर कायम गरिएको रिमालले बताउनुभयो । एकीकृत सम्पत्ति करमाफर्त सबै नगरवासीलाई करको दायरामा समेट्न पहिलेको दरलाई समायोजन गरिएको हो । चालू आवदेखि लागू हुने करमा एकीकृत सम्पत्ति करसहित, ढुंगा, गिट्टी बालुवा, माटोलगायत कर पनि समेटिएको छ । विदुर नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐनमा होटेल, घर निर्माण, नक्सापासलगायत विविध कर समेटिएको छ ।                                                  २०७५ साउन १७ गते प्रकाशित
                                                   

                                                                                                       

वि.सं.२०७५ साउन १७ बिहीवार १५:३२ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...