back
NMB ad

यसरी सम्भव भयो सिभिल बैंकको खुद मुनाफामा ८५.२० प्रतिशतको फड्को (विवरण सहित)

Kumari bank ad

काठमाडौं । सिभिल बैंक लिमिटेडले आर्थिक वर्ष २०७४/७५को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले ६४.५० करोड रुपियाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ जुन गत वर्षको तुलनामा ८५.२० प्रतिशतको फड्को हो ।

त्यसैगरी बैंकको रिएल स्टेट कर्जा गत आर्थिक वर्षको तुलनामा ३.३९ प्रतिशले घटेर १ अर्व ४३ करोड रुपियाँ भएको छ भने आवास कर्जा ३१.७८ प्रतिशले बृद्धि भएको छ ।

बैैंकले विदेशी विनिमय कारोबारबाट मात्रै १६.९१ करोड रुपियाँ आम्दानी गरेको छ जुन गत वर्षको तुलनामा ७०.६७ प्रतिशतले बृद्धि भएको छ ।

बैंकले गत आर्थिक वर्षको तुलनामा निक्षेपमा १६.८८ प्रतिशतले बृद्धि गरी ४० अर्ब १ करोड रुपियाँ संकलन गरेको छ भने कर्जा प्रवाह गत आर्थिक वर्षको तुलनामा ३३.७१ प्रतिशतले बृद्धि गरी ३९ अर्ब ४६ करोड रुपियाँ पुगेको छ । बैंकको खराब कर्जा अनुपात पनि ३.९८ प्रतिशतबाट घटेर २.६५ प्रतिशत भएको छ ।

बैंकले गत आर्थिक वर्षको तुलनामा कर्जा प्रवाहमा गरेको बृद्धि रकम ९ अर्व ९४ करोड रुपियाँ तथा खुद मुनाफामा गरेको बृद्धि रकम २९करोड ६७ लाख रुपियाँ हो, जुन केही पुराना तथा ठूला बैंकहरु भन्दा पनि बढीे छ ।

आर्थिक वर्ष२ ०७४/७५को मसान्तसम्म २५०,००० (दुई पचास हजार) भन्दा बढी ग्राहकहरु रहेको सिभिल बैंकको कुल शाखा संख्या ६८ पुगेकोे छ ।

आर्थिक वर्ष २०७४/७५को प्रमुख सुचकांकहरुको तुलनात्मक विवरण

२०७५ साउन ३० गते प्रकाशित 

वि.सं.२०७५ साउन ३० बुधवार २१:५७ मा प्रकाशित

You can share this post!

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:३३

काठमाडौँ, १७ वैशाख : विगत केही दिनदेखि देशका अधिकांश भू–भागको...

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:२७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा...

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:१६

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा...

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...