back
NMB ad

शनिबार २ नं प्रदेशसभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

Kumari bank ad

धनुषा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं २ को प्रदेशसभालाई भदौ २ गते शनिबार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

नेकपाले जनकपुरमा आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आउनु हुने जानकारीसमेत दिइयो ।

धनुषाका शहीद रामवृक्ष यादवको २४ औँ स्मृतिसभामा सहभागी हुन उहाँहरु दुवै जना धनुषा आउने कार्यक्रम रहेकोमा प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे प्रदेशसभामा सम्बोधन गर्ने र त्यसपश्चात् धनुषाको बरमझियामा आयोजना हुने शहीद रामवृक्ष यादवको स्मृतिसभालाई सम्बोधन गर्न जानु हुने नेकपा नेता एवं प्रदेश समिति कार्यदलका सदस्य विश्वनाथ साहले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले यसअघि प्रदेश नं १, ३ र ५ का प्रदेशसभामा सम्बोधन गरिसक्नुभएको छ ।
नेता साहले पार्टीभित्र अन्तर विरोध हुनु स्वभाविक भएको बताउँदै अहिले नेकपामा कुनै गुटउपगुट नरहेको दाबी गर्नुभयो । उहाँले भदौ ५ गतेभित्र प्रदेश र जिल्ला कमिटीको सदस्यको बारेमा निर्णय गरी केन्द्रमा पठाउने जानकारी दिनुभयो ।

२०७५ साउन ३१ गते प्रकाशित

वि.सं.२०७५ साउन ३१ बिहीवार १६:३९ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...