back
NMB ad

पटके कर फिर्ता नगरे आन्दोलनमा उत्रिने पानी उत्पादक तथा वितरक संयुक्त संघर्ष समितिको चेतावनी

Kumari bank ad

काठामाडौं । पानी उत्पादक तथा वितरक संयुक्त संघर्ष समितिले काठमाडौं उपत्यकाका स्थानीय तहहरुले पानी ट्यांकरहरुमा ठेकेदारीमार्फत अव्यवहारिक तरिकारले पटके कर उठाएको भन्दै उक्त कर तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा संयुक्त संघर्ष समितिले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । खानेपानी उद्यमी तथा व्यवसायी संघका अध्यक्ष एवम् संघर्ष समितिका संयोजक उज्वल शाक्यले स्थानीय सरकारले मनोमानी ढंगले पानी ट्याङकरमा पटके कर लगाएको भन्दै बिरोध जनाएका छन् ।

उनले भने,‘स्थानीय सरकारले पानीजस्तो संवेदनशिल बस्तुमा कर लगाउने काम भएको छ । सरकारले जनताको हितमा काम गर्नुको साटो उल्टै दोहोरो कर लगाएर जनताको दैनिकीमा असहजता सिर्जना गर्ने काम गरेको छ । यो हामीलाई स्विकार्य छैन् । हाम्रो दुईवटा माग छन् । पहिलो माग प्रत्येक पानी ट्याङ्करमा बाटोमा अवैधानिक रुपमा प्रति ट्रिप शुल्क लिने काम बन्द हुुनुपर्छ, दोहोरो कर हटाईनुपर्छ ।’त्यस्तै कार्यक्रममा पानी ट्याङ्कर तथा श्रोत व्यवसायी संघका अध्यक्ष उपेन्द्र पाठकले दैनिक उपभोग्य तथा संवेदनशिल बस्तुहरुमा सरकारले कर लगाएर गल्ती गरेको बताए ।

उनले भने,‘पानीजस्तो चिजमा स्थानीय सरकारले मनलाग्दी रुपमा कर लगाएको छ । गरिब जनताहरुको दैनिकी चल्नै गाह्रो हुनेगरि कर लगाएको छ । राज्यको लोक कल्याणकारी सिद्धान्तको खिलाफमा यो काम भैरहेको छ । हामी कल्याणकारी राज्यको पक्षमा छौं ।’उनले अघि थपे,‘ठूला–ठूला पाँचतारे होटल र हाउजिङमा अत्यधिक भूमिगत पानी दोहोन भैरहेको छ । त्यसमा सरकारले कुनै किसिमका कर लगाएको छैन् । तर निम्न वर्गले उपभोग गर्ने पानीमा प्रत्येक टिपमा शुल्क लिदा त्यसको प्रत्यक्ष असर निम्न वर्गका मानिसमा पर्न जान्छ ।

हामी जनताको हितकारी व्यवसायी भएका कारण हिजोको दिनमा आपूर्ति गर्दै आएको मुल्यमा नै पानी वितरण गर्नुपर्छ भन्नेमा छौं ।’
त्यस्तै उपत्यका खानेपानी श्रोत तथा ट्याङ्कर व्यवसायी संघका अध्यक्ष विष्णु दाहालले आजदेखि गोकर्णेस्वर नगरपालिकामा लगाउने भनिएको (पटके कर) प्रत्येक ट्रिप शुल्क र चन्दागिरी नपा वडा नम्बर ८ का अध्यक्षले उक्त क्षेत्रका व्यवसायीमाथि गरेको ज्यादतिबिरुद्धमा आफुहरु आन्दोलित भएको जानकारी दिए ।

उनले भने,‘सरकार जनपक्षीय बन्न सकेको छैन्। पानीमा पनि कर लगाउन थालेको छ । सरकारले निःशुल्क रुपमा जनतालाई पानी दिुनपर्ने हो । तर, उल्टै विभिन्न संस्थाहरुले सहज र शुलभ रुपमा वितरण गर्दै आएको पानीमा चर्को कर लगाउने काम गरेको छ । आर्थिक वर्ष सूरु नहुनुभन्दा पहिले १२ हजार लि.को २ हजार ५ सयदेखि २ हजार ७ सयसम्म वितरण गर्दै आएका थियौं । तर, नयाँ आर्थिक वर्षपछि २ हजार ८ सयदेखि ३ हजारसम्म पर्नेछ यसको असर उपभोक्तालाई पर्नेछ ।’

कार्यक्रममा उपत्यका खानेपानी श्रोत तथा ट्याङ्कर व्यवसायी संघका सह–अध्यक्ष नारायण श्रेष्ठ, उपत्याका खानेपानी बोरिङ्ग संघका अध्यक्ष हरि कंडेल, नेपाल ट्याङ्कर तथा श्रोत व्यवसायी संघका अध्यक्ष पञ्चराम तामाङ्, नेपाल वोटल वाटर उद्योग संघका अध्यक्ष शुवास भण्डारी लगायतले पटके करको बिरुद्धमा आफ्ना कुराहरु राखेका थिए ।

संयुक्त संघर्ष समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘काठमाडौं उपत्यकामा वर्षायाममा समेत चौविसै घण्टा सेवा प्रदान गर्दागर्दै पनि पानीको अभाव पूर्ति गर्न नसकिरहेको अवस्थामा उद्योगहरु नै बन्द गर्ने निर्णय गर्दै हिँड्ने गतिविधिबाट काठमाडौं उपत्यकामा पानीको ठूलो हाहाकार हुन सक्ने र यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित स्थानीय निकाय नै हुने व्यहोरा जानकारी गराउँदै यस्ता कार्यहरु तत्काल नरोके सम्पूर्ण व्यवसायीहरु आन्दोलनमा जान बाध्य हुने व्यहोराप्रति सम्बन्धित सबै पक्षको ध्यानाकार्षण गराउन चाहन्छौं ।’

संघर्ष समितिमा खानेपानी उद्यमी तथा व्यवसायी संघ, उपत्यका खानेपानी श्रोत तथा ट्यांकर व्यवसायी संघ, पानी ट्यांकर तथा श्रोत व्यवसायी संघ, उपत्यका खानेपानी बोरिङ संघ, नेपाल पानी ट्यांकर तथा श्रोत व्यवसायी संघ र नेपाल वोटल वाटर उद्योग संघ लगायत सहभागी छन् ।

२०७५ भदौ ४ गते प्रकाशित

वि.सं.२०७५ भदौ ४ सोमवार १६:४१ मा प्रकाशित

You can share this post!

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...