काठमाडौं । नेपाल स्टक एक्सचेन्ज मा नेप्सेमा बिहीबार तीन कम्पनीका १ करोड बढी कित्ता नयाँ सेयर सूचीकृत भएका छन् । मेगा बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको बोनस सेयर तथा लुम्बिनी विकास बैंकको हकप्रद सेयर सूचीकृत भएको छ । यी तीनवटै बैंकको गरी कुल १ करोड २० लाख ५० हजार ८ सय ५४ दशमलव ७३ कित्ता नयाँ सेयर बजारमा थपिएको हो ।
मेगा बैंकको सवै भन्दा बढी ९९ लाख ८६ हजार ९५१.५३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस्तै, लुम्बिनी विकास बैंकको १६ लाख ४६ हजार ४ सय ४२ कित्ता हकप्रद सेयर र कम्युनिटी डेभलपमेन्ट बैंकको ४ लाख १७ हजार ४ सय ६१ दशमलव २० कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
२०७५ भदौ ७ गते प्रकाशित
वि.सं.२०७५ भदौ ७ बिहीवार १६:५१ मा प्रकाशित