back
NMB ad

सवारी साधनको कुम्भ मेला : नाडा अटो शो भदौ २६ देखि, नयाँ गाडी भित्र्याउन शुरु

Kumari bank ad

काठमाडौं । सवारी साधनको कुम्भ मेलाका रुपमा लिइने नाडा अटो शो यही भदौ २६ गतेबाट शुरु हुने भएको छ । उक्त मेलालाई लक्षित गरेर व्यवसायीले नयाँ गाडी भित्र्याउन शुरु गरेका छन् ।

नाडा अटो शोले दसैं नेपालीको घर आगनमा आइपुगेको संन्देश दिने छ । उक्त सो मा नयाँ मोडलका कार, मोटर साइकल, बिभिन्न पाटपुर्जा प्रर्दशनीमा राखिने भएको आयोजकको भनाइ छ ।

अटोमोबाइल व्यवसाय प्रवद्र्धनमा थप टेवा पुगोस र उपभोक्ताले एकै ठाउँमा धेरै सवारी साधन बारे जानकारी पाउन भन्ने उद्देश्यले अटो शो गर्दै आएको नाडाले जनाएको छ ।
नाडा अटो शोमा बिभिन्न बैंक तथा वित्तीय संस्थाले सवारी साधान खरिद गर्नका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने तयारी गरेका छन् । अहिले बैंकहरुले सामान्यतया १२ देखि १३ प्रतिशत ब्याजदरमा अटो लोन दिइ रहेका छन् । तर, त्यसबेला भने उनीहरुले त्यो भन्दा कम ब्याजदरमा ऋण उपलब्ध गराउने योजना ल्याउने भएका छन् ।

पहिला पहिला धनाढय वर्गले मात्र कार चढथे । तर, अहिले सामान्य नागरिकले पनि किस्ता बन्दीमा तिर्ने गरी बैंकबाट ऋण लिएर कार चढन थालेका छन् । बैंकहरुले मुल्यको ७० प्रतिशत सम्म अटो लोन दिने गरेका छन् । यसले पनि सवारी साधान चढन सहज भएको हो ।

पहिला राणाहरूले आफ्नो सौखिनताका लागि गाडी बोकाएर ल्याउने र उपत्याका भित्र्याउने अनि सहज रुपमा एक ठाउँबाट अर्को ठाउँमा पुग्ने गर्दथे । त्यसपछि बाटोको सञ्जाल विस्तारसँगै सवारी ल्याउन सहज हुन थाल्यो र आयात पनि त्यही अनुपातमा बढ्न पुग्यो ।

सवारीको आयात बढेसँगै सवारी उत्पादक कम्पनीहरूले नेपालमा आधिकारिक बिक्रेता तोकेर नै सवारी बिक्री थाले । यसरी सवारी बिक्री हुने क्रम बढेसँगै सवारी बिक्रेताहरूको संस्था स्थापना गरियो । २०३२ साल अटोमोबाइल एसोसिएस अफ नेपाल स्थापना भयो । २०६१÷६२ मा आइपुग्दा यो संस्थाको नाम नेपाल अटोमोबाइल डिलर एसोसिएसन (नाडा) राखियो ।

नाडा अटो शो भने सन् १९९८ देखि सुरु भएको थियो । त्यो वर्ष २६ प्रदर्शकहरू सहभागी थिए । त्यस पछिका केही वर्ष दुई वर्षमा एक पटक अटो शो हुँदै आएको थियो । तर, त्यसपछि प्रत्येक वर्ष नाडा अटो शो गर्न थालियो । हिन्दुहरुको महान चार्ड दसैलाई लक्षित गरेर यस्तो शो प्रत्येक वर्ष आयोजना गरिदै आएको छ । यस वर्षको नाडा अटो सो दसै आउनु भन्दा करिव एक महिना अघि गर्न लागिएको छ । यसवर्षको घटस्थापना असोज २४ गते र बिजया दशमीको टिका कात्र्तिक २ गते परेको छ ।

दसैमा पुराना गाडी भएकाले नयाँ किन्ने र नभएकाले नयाँ सवारी किन्ने चलन छ । गाडी बिक्रीका लागि धेरे संस्था छन् । ती संस्थाहरुको छाता संस्था नाडा हो । २०७२ मा उक्त संस्थाको नाम पुन परिवर्तन गरि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल राखिएको छ । यही संस्थाले प्रत्येक वर्ष सवारी साधनको कुम्भ भेला नाटा अटो शोको आयोजना गर्दै आएको छ ।

२०७५ भदौ १२ गते प्रकाशित

वि.सं.२०७५ भदौ १२ मंगलवार ०७:३५ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...