back
NMB ad

एनआइसी एसियाको १८ लाख ३० हजार युनिट ऋणपत्र खुल्दै, वार्षिक ११ प्रतिशत ब्याज पाईने

Kumari bank ad

काठमाडौं । एनआइसी एसिया बैंकले भदौ २१ गतेदेखि १८ लाख ३० हजार युनिट ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले निष्कासन गर्न लागेको १ अर्ब ८३ करोड रुपैयाँको ऋणपत्रमध्ये ३६ करोड ६० लाख रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणलाई जारी गरिनेछ भने १ अर्ब ४६ लाख ४० हजार रुपैयाँ बराबरको ऋणपत्र बैंकले निजी संघसंस्थालाई बिक्री गर्नेछ ।

बैंकले यो ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याज दिनेछ । बैंकले ६–६ महिनाको अन्तरालमा ब्याज भुक्तानी गर्ने जनाएको । ७ वर्ष अवधिको यो ऋणपत्र आर्थिक वर्ष २०८२।८३ मा परिपक्क हुनेछ । यसको प्रतियुनिट भाउ १ हजार रुपैयाँ तोकिएको छ । बैंकले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग तथा एनआइसी एसियाका सम्पूर्ण शाखा कार्यालयलाई दिइएको छ । त्यसैगरी, आस्वाबाट पनि आवेदन दिन पाउने व्यवस्था छ । हाल बैंकमा बचत खाताको ब्याजदर ६ प्रतिशत हाराहारीमा रहेको अवस्था छ ।

लगानीकर्ताले यो ऋणपत्रमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यो अवधिमा आवश्यक आवेदन नपरेमा बैंकले असोज १९ गतेसम्म बिक्री खुला गर्न सक्नेछ । यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख ८३ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डले गत भदौ ८ गते एनआइसी एसियालाई ऋणपत्र निष्कासन अनुमति दिएको थियो ।

ऋणपत्र तोकिएको दर र समयमा सावाँ ब्याज भुक्तानी गर्ने सर्तमा जारी गरिएको एक प्रकारको धितोपत्र हो । लगानीकर्ताले लगानी गरेको रकमका आधारमा तोकिएको ब्याज पाउँछन् । बैंकले थप पुँजी निर्माणका लागि ऋणपत्र निष्कासन गरेको हो । केयर रेटिङ नेपालले यो ऋणपत्रलाई न्यून कर्जा जोखिम जनाउने केयर एनपि ए ग्रेडिङ साउन १ गते प्रदान गरेको हो । एनआइसी एसियाले गत पुसमा पनि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको थियो ।

२०७५ भदौ १२ गते प्रकाशित

वि.सं.२०७५ भदौ १२ मंगलवार १२:५१ मा प्रकाशित

You can share this post!

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...