back
NMB ad

मेगा बैंकको सिन्धुलीमा एकैदिन दुई शाखारहित बैंकिङ सेवा संचालनमा

Kumari bank ad

काठमाडौँ, । मेगा बैँक नेपाल लिमिटेडले एकै दिन सिन्धुली जिल्लाका दुई स्थानमा शाखारहित बैँकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर १ बेलघारी र सोही गाउँपालिकाको वडा नम्बर ११ चकमकेमा मेगा बैंकले शाखारहित बैँकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

तीनपाटन गाउँपालिका वडा नम्बर १ बेलघारीमा शाखारहित बैँकिङ्ग सेवाको उद्घाटन गर्दै वडा अध्यक्ष गोबिन्दबहादुर राउतले बेलघारीका जनताहरुको बिगत १० बर्षदेखि गाउँबाटै बैकिङ्ग सेवा पाउने सपना अहिले आएर मेगा बैक नेपाल लिमिटेडले साकार गरिदिएको भन्दै खुशी व्यक्त गर्नु भयो ।

यसैगरी, तीनपाटन गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्ष पुण्यहरि भुजेलले चकमके जस्तो जिल्लाकै बिकट स्थानमा आफ्नो सेवा विस्तार गरेकोमा मेगा बैँकलाई धन्यवाद दिदै स्थानीय जनप्रतिनिधिको हैसियतमा आफुले सक्दो सहयोग गर्ने बताउनुभयो ।

मेगा बैँकका माईक्रो बैँकिङ्ग विभागका अधिकृत शिबहरी भण्डारीले एक सय भन्दा बढी शाखा कार्यालय तथा १ सय १९ शाखारहित बैकिङ्ग सेवामार्फत मेगा बैंकले देशका बिभिन्न स्थानबाट बैकिङ्ग सेवा प्रदान गराउँदै आएको जानकारी दिनुभयो ।

मेगा बैंकका सिन्धुली शाखा प्रबन्धक केशबप्रसाद देवकोटाले मेगा बैकको खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने र १० लाखसम्मको सरल कर्जा शाखारहित बंैकिङवाट उपलब्ध हुने जानकारी गराउनुभएको थियो ।

२०७५ भदौ १७ गते प्रकाशित

वि.सं.२०७५ भदौ १७ आइतवार १५:५१ मा प्रकाशित

You can share this post!

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...