back
NMB ad

साताको पहिलो दिन नौ अङ्कले बढ्यो शेयर बजार

Kumari bank ad

काठमाडौँ । साताको पहिलो दिन आज शेयर बजारमा सुखद शुरुवात भएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोवार मापक नेप्से परिसूचक ८.५९ बिन्दुले बढेर एक हजार १९० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापक सूचक सेन्सेटिभ परिसूचक २.०१ बिन्दुले बढेर २५१.८० बिन्दुमा पुगेको छ । गत साता कारोवार रकम रु एक अर्बभन्दा कम रहेको थियो ।

स्टकका अनुसार आज कूल १६४ कम्पनीको नौ लाख ६० हजार ७१४ कित्ता शेयर रु ३० करोड २५ लाख ९७ हजार मूल्यमा खरिद बिक्री भएको छ । नेप्से र कारोवार रकम दुवै बढेपछि लगानीकर्तालाई केही खुशी तुल्याएको छ । आज तीन उपपमूहको शेयर भने ओरालो लागेको छ । उत्पादन ०.७५, अन्य १.९ र जीवन बीमा कम्पनी १.०८ बिन्दुले घटेको छ ।

यस्तै बैंकिङ ११.४१, होटल ३२.११, विकास बैंक १३.५२, जलविद्युत् ५.१३, वित्त ०.९४, निर्जीवन बीमा २९.४३ र माइक्रोफाइनान्स १०.१४ बिन्दुले बढेको छ । एनआइसी एशिया बैङ्क, तिनाउ विकास बैङ्क र भार्गभ विकास बैङ्कका लगानीकर्ताले आज कमाएका छन् भने सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

२०७५ भदौ १७ गते प्रकाशित

वि.सं.२०७५ भदौ १७ आइतवार १६:४० मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...