back
NMB ad

सवारी दुर्घटनालाई घटाउन आराम स्थल स्थापना हुदै

Kumari bank ad

–अच्युत रेग्मी

काठमाडौँ, । बेलाबखत चालक निदाएर सवारीसाधन दुर्घटना भयो भन्ने सुन्नमा आउने गर्दछ । अब सवारी चालकलाई निदाउन नदिन सरकारले देशका विभिन्न स्थानमा आराम गर्ने स्थल स्थापना गर्न लागेको छ ।

सरकारले सवारी चालक र सहचालकले आरामदायी यात्रासहित यात्रुलाई सुरक्षित गन्तव्यसम्म पु¥याउने उद्देश्यका साथ सात प्रदेशका १४ स्थानमा यस्ता आराम स्थल स्थापना गर्न लागेको हो । केही स्थानमा आराम स्थलहरु सञ्चालनमा आइसकेका छन् ।
चालकको लापरवाही तथा थकानका कारण बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सरकारले चालक, सहचालक तथा यात्रुलाई आराम गर्नका लागि आराम स्थलहरुको स्थापना गर्न लागेको हो ।

गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयबाट जारी गर्नुभएको ८२ बुँदे गृह प्रशासन सुधार योजना र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनलाई मजबुद तथा विश्वसनीय बनाउन जारी गर्नुभएको १० बुँदे प्राथमिकताको आधारमा सात प्रदेशको १४ स्थानमा उक्त स्थल स्थापना गर्न लागिएको हो ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्री चालक थकानका कारण निधाएर दुर्घटना हुने क्रम बढेकाले एकछिन भए पनि आराम दिनसके दुर्घटना कमी आउने भन्दै उक्त स्थल स्थापना गरिएको बताउनुहुन्छ ।

आराम स्थलले दुर्घटना न्यूनीकरण गर्दै चालक, सहचालक तथा यात्रुलाई अनुशासन सिकाउने उहाँको भनाइ छ । आगामी दिनमा राजमार्गका प्रमुख स्थानमा यस्ता आराम स्थलहरु विस्तार गर्दै लैजाने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला आराम स्थल स्थापना हुनु यातायात क्षेत्रमा राम्रो पहल भएको बताउनुहुन्छ । “आराम स्थल स्थापना गर्न महासङ्घले धेरै पहिलेदेखि माग उठाउँदै आएको थियो, जुन अहिले पूरा हुन लागेको छ, आराम स्थलहरु स्थापना हुनु सराहनीय काम हो,”–उहाँ भन्नुहुन्छ ।

प्रदेश नं २ को तीन स्थान, प्रदेश न ६ को एक स्थान र अन्य पाँच प्रदेशको दुई\दुई स्थानमा आराम स्थल स्थापना हुने भएको छ । प्रदेश नं १ मा सुनसरीको कोशी कटान र ८ इलामको कटेनी सडकखण्ड, प्रदेश नं २ मा बाराको पथलैया, धनुषाको लालगढ र सप्तरीको शम्भुनाथ, प्रदेश ३ मा सिन्धुलीको खुर्कोट र धादिङको मझिमटारमा रहनेछ ।

प्रदेश नं ४ मा नवलपरासीको कावासोती र तनहुँको दुलेगौँडा, प्रदेश नं ५ मा दाङको लमही र बर्दियाको बाँसगढी, प्रदेश नं ६ मा सुर्खेतको छिन्चु र प्रदेश नं ७ मा कैलालीको घोडाघोडी र डोटीको बुढरमा रहनेछ । सरकारले प्रत्येक सेन्टर निर्माणका लागि असारमा नै रु चार लाख ५० हजारका दरले बजेट निकासा गरिसकेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार ६ स्थानमा आराम स्थल सञ्चालनमा आइसकेको छ । सुनसरीको कोशी कटान, सिन्धुलीको खुर्कोट, नवलपरासीको कावासोती, दाङको लमही, सुर्खेतको छिन्चु र कैलालीको घोडाघोडीमा आराम स्थल सञ्चालनमा आइसकेको छ ।

ती आराम स्थलमा आवश्यकताअनुसार ट्राफिक र जनपथ प्रहरी खटाइकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रदेश नं १ मा भने आराम स्थलमा सिसी क्यामरासमेत जडान गरिसकिएको छ ।

आराम स्थलमा ट्राफिक पोष्ट, चालक, सहचालक तथा यात्रुलाई ट्राफिक जनचेतनासम्बन्धी जानकारी दिन कक्षाकोठा, खाना खाएर आराम गर्ने कोठा, पानीको धारा, चर्पीलगायतका सुविधा हुनेछ ।

प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयका प्रहरी उपरीक्षक जनक भट्टराई आराम स्थलमा यात्रु र चालक तथा सहचालकलाई जनचेतनामूलक कक्षा दिने, सवारी चेकजाँच, यात्रुको असुविधा सुन्नेलगायतका कामसमेत हुने बताउनुहुन्छ । उहाँका अनुसार प्रत्येक सार्वजनिक सवारी साधनका चालक, सहचालक र यात्रुलाई पाँचदेखि १५ मिनेटसम्म ट्राफिक जनचेतनासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखभन्दा बढी सवारीसाधन रहेका छन् । साँघूरो बाटो र धेरै सवारीसाधन हुँदा अत्यधिक सवारी चाप र दुर्घटनासमेत हुने गरेको छ ।रासस

२०७५ भदौ २० गते प्रकाशित

वि.सं.२०७५ भदौ २० बुधवार १३:१३ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...