back
NMB ad

सर्वसाधारणले बैंकमा राखेको पैसाको ब्याज कम पाउन थाले

Kumari bank ad

काठमाडौं । बैंकले सर्वसाधारणले बैंकमा पैसा राख्दा पाउने ब्याज घटाएका छन् । केही समय अघि मुद्दती खातामा पैसा राख्दा ११ प्रतिशतसम्म ब्याज पाउथे तर अहिले बैंकमा मुद्दती खातामा पैसा राख्न जानेलाई बढीमा १०.५० प्रतिशत पैसा मात्र दिन थालेका छन् । पहिले नै ११ प्रतिशत ब्याजदरमा मुद्दती खातामा निश्चित समय राखेका सर्वसाधारणले भने त्यो समयसम्म त्यती नै ब्याज पाउँछन् तर अहिले मुद्दती खातामा नै पैसा राख्छु भन्नेहरुले भने घटेको ब्याजदर नै पाउने छन् ।

यसैगरी, बचत खातामा पनि ८ प्रतिशत ब्याज पाउँदै आएका सर्वसाधारणले अब ७ प्रतिशत मात्र पाउने भएका छन् । त्यही पनि सवैभन्दा पछि खुलेका सिभिल, सेञ्चुरी, मेगा, जनता लगायतका वाणिज्य बैंकले मात्र बढी ब्याज दिने छ तर पुराना बैंक स्टयाण्डर्ड चार्टर्ड, नविललगायतका बैंकले भने ३ देखि ४ प्रतिशत मात्रै ब्याज दिने गरेका छन् । लगानीयोग्य पुँजी (तरलता) नभएपछि बैंकले धमाधम ब्याजदर बढाएका थिए तर अहिले भने केही सहज भएको भन्दै पुन ब्याजदर घटाएका हुन् ।

ब्याजदर अझै पनि घटने अनुमान गरिएको बैंकहरु बताउँछन् । बैंकबाट ऋण लिएकाको पनि ब्याजदर घटेको छ । केही समय पहिला १६ प्रतिशतसम्म पुगेको ऋणको ब्याजदर अहिले घट्न थालेको छ । बढीमा १ देखि २ प्रतिशतले ऋणको ब्याजदर पनि घटेको बैंकहरु बताउँछन् । पछिल्लो समय निक्षेप र कर्जा (ऋण) दुवैको ब्याजदर केही घटेको छ । गत चैत मसान्तमा बैंकहरुको बेश रेट १२.३६ प्रतिशत थियो भने असार मसान्तसम्म घटेर ११.८४ प्रतिशतमा आएको छ । सरदरमा ०.५ प्रतिशतका दरले ब्याजदर घटेको एक बैंकरले बताए । बैंकको अनिवार्य नगद मौज्दात अनुपातमा (सिआरआर) घटेकाले पनि वेश रेट पनि घट्न सहयोग पुर्याएको हो ।

२०७५ भदौ २१ गते प्रकाशित

वि.सं.२०७५ भदौ २१ बिहीवार १०:१४ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...