back
NMB ad

ग्लोबल आइएमई बैंकको गोरखा शाखाको औपचारिक उद्घाटन

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंक लि.ले भाद्र २८ गते, बिहिबार गोरखा जिल्लाको गोरखा बजारमा रहेको शाखाको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको गोरखा जिल्लाका जिल्ला समन्वय समिति सभापति अशोक गुरुङ्ग र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल ज्यूले संयुक्त रुपमा औपचारिक उद्घाटन गर्नुभयो । त्यस्तै सोहि शाखामा खोलिएको एटिएम सेवाको गोरखा नगरपालिकाका उपमेयर बिनाकुमारी श्रेष्ठ ज्यूले उद्घाटन गर्नुभयो ।

उक्त शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष श्री चन्द्रप्रसाद ढकाल ज्यूले सबैका लागि बैंक भन्ने मुल नारालाई चरितार्थ गर्दै देशका १४ वटै अञ्चलबाट सेवा प्रदान गर्न सफल भएको जानकारी दिदै बैंकिङ्ग सेवाको पहुँचभन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि सम्भव भए शाखाको माध्यमबाट र शाखा विस्तार गर्न सम्भव नभएका स्थानमा शाखा रहित बैंकिङ्ग सेवाको माध्यमबाट बैंकिङ्ग सेवा बिस्तार गर्दै जाने बताउनुभयो । त्यस्तै उहाँले बैंकले प्रदान गरिरहेका सुबिधाहरु जस्तै साना व्यवसायी कर्जा,कृषि कर्जा, होम लोन, रेमिट्यान्स सुविधा लगायतका सेवाको माध्यमबाट क्षेत्रको आर्थिक सम्बृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

ग्लोबल आइएमई बैंकले गोरखा जिल्लामा गोरखा बजार, मनकामना र सिरानचोक गरि ३ वटा शाखा सञ्चालन गरिरहेको छ ।  त्यस्तै गरि ग्लोबल आइएमई बैंक लि.ले भाद्र २८गते देखि नै आफ्नो १३२ औ शाखा र १३७ औ एटिएम सेवा नवलपरासी जिल्लाको गंैडाकोटमा सञ्चालनमा ल्याएको छ । गैँडाकोटमा खोलिएको नयाँ शाखा र एटिएम सेवासंगै बैंकको शाखा संख्या १३२ र एटिएम सेवा १३७ पुगेको छ । त्यस्तै गरि बैंकले १०२ शाखा रहित बैंकिङ्ग सेवा, ५ एक्सटेन्सन काउण्टर,१५ वटा राजश्व संकलन काउण्टर, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाखभन्दा बढि ग्राहकहरु माझ सेवाप्रदानगर्दै आइरहेको छ ।यसका साथै अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

२०७५ भदौ २८ गते प्रकाशित

वि.सं.२०७५ भदौ २८ बिहीवार १५:०१ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...