back
NMB ad

कर्णाली प्रदेश राष्ट्रिय प्राथमिकतामा : उपाध्यक्ष कडेल

Kumari bank ad

काठमाडौं । राष्ट्रिय योजना आयोगले कर्णाली प्रदेशको आर्थिक समृद्धि र सामाजिक रुपान्तरण विषयमा कर्णालीबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद र विज्ञहरुसंग नीति संवाद गरेको छ ।

आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलको अध्यक्षतामा विहिबार राष्ट्रिय योजना आयोगको सभाकक्षामा आयोजित कार्यक्रममा १७ जना सांसदले कर्णालीको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री जनार्दन शर्माले सबै भन्दा पछि परेको क्षेत्र भएकाले कर्णालीको विकासमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले खासगरी कर्णालीमा सडक र विद्युत प्रशारण लाइन र कृषिमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

पूर्वमन्त्री शर्माले कर्णालीको समस्या मात्र उजागर गर्नुभन्दा पनि समाधानको उपाय दिन राष्ट्रिय योजना आयोगलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री सहित सांसदहरुले उठाएको सवाललाई सम्वोधन गर्दै राष्ट्रिय योजना आयोका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलले कर्णालीलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो । उपाध्यक्ष कडेलले कर्णालीको विकासका लागि सडक, विद्युतलाइन, अप्टिकल फाइवर, वित्तिय संस्था, विद्यालय तथा विश्व विद्यालयमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले यहाँ उठेको सवाललाई आगामी १५ औं योजनामा समेट्ने र आवश्यक परे राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पनि पेश गर्ने बताउनुभयो ।
उहाँले आयोगले नीति संवादको थालनी गरेको यो चौंथो पटक भए पनि तहगत रुपमा कर्णाली पहिलो भएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका कर्णाली प्रदेश समन्वय गर्ने सदस्या मीनबहादुर शाहीले कर्णालीको आर्थिक सामाजिक अवस्थाको तथ्यांक प्रस्तुत गर्दै विषय प्रवेश गराउनुभएको थियो ।

२०७५ भदौ २८ गते प्रकाशित

वि.सं.२०७५ भदौ २८ बिहीवार २३:४० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...