back
NMB ad

लाभांशको घोषणा धमाधम गर्न थालेपछि सेयर बजारमा बढ्यो चहल पहल

Kumari bank ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांशबाट धमाधम लाभांश घोषणा गर्न थालेपछि सेयर बजारमा चहल पहल बढेको छ । सेयर बजार ओरालो लागेसँगै सुनसान बन्दै आएका ब्रोकर कम्पनीको कार्यालयमा फेरी लगानीकर्ताको घुइचो देखिन थालेको छ । लगानीकर्ताहरु लाभांश बढी दिन सक्ने सम्भावना भएका कम्पनीको सेयर खोजी खोजी खरिद गर्न थाल्दा सेयर बजार मापक नेप्से पनि पछिल्लो समय उकालो लाग्दै गएको छ ।

गत साता करिव ३४ अंकले बढेर नेप्से सूचक १२४४.८४ बिन्दुमा पुगेको छ । बैंकले सेयर धितोमा दिने कर्जाको ब्याजदर घटाउँदै गएकाले पनि सेयर बजारमा सुधार आएको ब्रोकर बताउँछन् । १५ प्रतिशतसम्म सेयरधितोमा कर्जा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाले अहिले १० प्रतिशतको हाराहारीमा ऋण दिन थालेका छन् । यसले पनि सेयर बजार उकालो लाग्न थालेको हो । बैंकले सर्वसाधारणले बैंकमा पैसा राख्दा पाउने ब्याज घटाएका छन् । बैंकमा पैसा राख्नु भन्दा सेयरमा लगानी गर्दा फाइदा हुने सम्भावना देखिन थालेकाले पनि सेयर बजार बढन पुगेको कतिपयको भनाइ छ ।

केही समय अघि मुद्दती खातामा पैसा राख्दा ११ प्रतिशतसम्म ब्याज पाउथे । तर, अहिले बैंकमा मुद्दती खातामा पैसा राख्न जानेलाई बढीमा १०.५० पैसा मात्र दिन थालेका छन् । यसैगरी, बचत खातामा पनि ८ प्रतिशत ब्याज पाउँदै आएका सर्वसाधारणले अब ७ प्रतिशत मात्र पाउने भएका छन् । त्यही पनि सवैभन्दा पछि खुलेका सिभिल, सेञ्चुरी, मेगा, जनता लगायतका वाणिज्य बैंकले मात्र बढी ब्याज दिने गरेका छन् । तर, पुराना बैंक स्टयाण्डर्ड चार्टर्ड, नविललगायतका बैंकले भने ३ देखि ४ प्रतिशत मात्रै ब्याज दिन थालिसकेका छन् ।

जहिले पनि बैंकको ब्याजदर र सेयर बजारको उल्टो सम्बन्ध हुन्छ । ब्याजदर बढ्दा सेयर बजार घट्न पुग्छ भने ब्याजदर घट्दा सेयर बजार बढन पुग्छ । लगानीयोग्य पुँजी (तरलता) नभएपछि बैंकले धमाधम ब्याजदर बढाएका थिए । तर, अहिले भने केही सहज भएको भन्दै बैंकले पुन ब्याजदर घटाएका छन् । ब्याजदर अझै पनि घटने अनुमान गरिएको बैंकर बताउँछन् । बैंकको ब्याजदर अझै घट्ने हो भने सेयर बजार अझै उचाइमा पुग्ने लगानीकर्ताको भनाइ छ ।

२०७५ भदौ  ३१गते प्रकाशित

वि.सं.२०७५ भदौ ३१ आइतवार ०९:५६ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...