back
NMB ad

वाणिज्य बैंक र विकास बैंकले लगानी गर्न थालेपछि फाइनान्स कम्पनी खुम्चिन बाध्य ,संख्यासँगै लाभांश पनि घटाउँदै

Kumari bank ad

काठमाडौं, । फाइनान्स कम्पनीले गर्ने काम वाणिज्य बैंक र विकास बैंकले गर्न थालेपछि फाइनान्स कम्पनीको दायरा साघुरो हुँदै गएको छ । एक दशकअघिसम्म फाइनान्स कम्पनीले मोटरसाइकल, टेम्पो, माइक्रोबस लगातयका सवारी साधानमा खुबै लगानी गर्दथे । तर, अहिले ती साना क्षेत्रमा पनि वाणिज्य बैंक र विकास बैंकले लगानी गर्न थालेपछि फाइनान्स कम्पनी खुम्चिन बाध्य भएका हुन् ।

लगानी खुम्चन थाल्दा आम्दानी पनि कम हुन्छ । त्यसैले पनि फाइनान्स कम्पनीले लगानीकर्तालाई कम लाभाशं वितरण गर्दै आएका छन् । अघिल्लो वर्षपनि फाइनान्स कम्पनीले खासै राम्रो लाभाशं वितरण गर्न सकेका थिएनन् । लगानीकर्तालाई यो वर्षपनि उनीहरुले खासै धेरै लाभाशं दिन सक्ने अवस्थामा छैनन् । अहिलेसम्म तीन फाइनान्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने घोषणा गरेका छन् । तीन वटा मध्ये जानकी फाइनान्सको लाभांश केही बढी भएपनि अन्य फाइनान्स कम्पनीको लाभांश भने त्यति राम्रो छैन् । यानकी फाइनान्स कम्पनीले २२ प्रतिशत बोनस सेयर र १.१६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यसैगरी, पोखरा फाइनान्स कम्पनीले ५ प्रतिशत बोनस सेयर र ८.६८ प्रतिशत नगद लाभाशं वितरण गर्ने र आइसिएफसी फाइनान्स कम्पनीले ८ प्रतिशत लाभाशं घोषणा गर्ने प्रस्ताव गरेका छन् । अन्य फाइनान्स कम्पनीले भने अहिलेसम्म त्यस्तो लाभांश घोषणा गरिसकेका छैन् पछिल्लो समय फाइनान्स कम्पनीको संख्या घट्दै गएको छ । चार वर्षअघिसम्म ५३ वटा फाइनान्स कम्पनी सञ्चालनमा थिए । तर, अहिले त्यो संख्या घटेर २३ वटामा सिमित भएका छन् ।

धेरैजसो फाइनान्स कम्पनीलाई विकास बैंकले खरिद गरे । केही फाइनान्स कम्पनी वाणिज्य बैंकमा मिसिए । केही फाइनान्स कम्पनी भने एक अर्कामा गाभिए । यसले गर्दा फाइनान्स कम्पनीको संख्या घट्न पुगेको हो । फाइनान्स कम्पनीले पनि वाणिज्य बैंक र विकास बैंकले जस्तै चुक्ता पुँजी बढाउँदै लगेका छन् । चुक्ता पुँजी बढाउनका लागि पनि फाइनान्स कम्पनीले नगद भन्दा वोनस सेयर वितरण गरिरहेका छन् ।

२०७५ भदौ ३१ गते प्रकाशित

वि.सं.२०७५ भदौ ३१ आइतवार ११:२९ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...