back
NMB ad

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनले दुई शिक्षा नीति विरुद्ध आन्दोलन गर्ने

Kumari bank ad

काठमाडौँ । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनले दुई शिक्षा नीति खारेजीको लागि संघर्ष गर्ने निर्णय गरेको छ । एउटै देशमा दुई शिक्षा नीतिकै कारण गरिवका छोराछोरीको पहुँचभन्दा शिक्षा बाहिर गएको ठहर गर्दै अखिल क्रान्तिकारीले दोहोर शिक्षा नीतिका साथै नीजिकरण, माफियाकरण र दलालीकरणविरुद्ध संघर्ष गर्ने राष्ट्रिय सम्मेलनले निर्णय गरेको जनकारी दिइएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनका निर्णय सार्वजनिक गर्न मंगलबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा नव निर्वाचित अध्यक्ष आलोक रायमाझीले राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गर्नुको साथै शैक्षिक क्षेत्रमा आगामी संघर्षका कार्यक्रम तय गरेको जानकारी दिए । २२ औं राष्ट्रिय सम्मेलनले शिक्षा क्षेत्रमा रहेका विकृति, विसंगती, नीजिकरण, व्यपारीकरण,दलालीकरण, माफियाकरण, भ्रष्टीकरणविरुद्ध संघर्ष गर्ने निर्णय गरेको रायमाझीले बताए ।
त्यसगरी शिक्षा क्षेत्रका दलाल तथा माफियाहरुको सूची तयार गरेर भण्डाफोर र कारवाही गर्ने, गैरकानुनी रुपमा संचालित विदेशी शिक्षण संस्थाहरुलाई खारेजको लागि दवावमूलक आन्दोलन गर्ने सम्मेलनले निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै रायमाझीले शिक्षा क्षेत्रका आमूल परिवर्तनको लागि बलिदानपूर्ण संघर्षमा जाने निर्णय गरेको बताए । वर्तमान सत्तारुढ दलकै नेताहरुको .नीजि शिक्षामा लगानीको भएको कारण ८६ प्रतिशत लगानीको भएको कारण सरकारले अझ सार्वजनिक शिक्षालाई निरुत्साहित गर्ने भन्दै रायमाझीले त्यसविरुद्ध पनि सडक संघर्षमा जाने सम्मेलनले निर्णय गरेको जानकारी दिए । त्यसैगरी ‘जनताका छोराछोरी–सबै अखिल क्रान्तिकारी’ र ‘एक शिक्षण संस्था, एक इकाई’ भन्ने नाराका साथ देशभर अभियानात्मक रुपमा सांगठानिक गतिविधि संचालन गर्ने पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस नोटमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा पार्टीका महासचिव कर्णजीत बुढाथोकी ‘शुशील’ले प्रचण्डले एमालेकरण गरेर माओवादी आन्दोलनमा पूर्णविराम नलगाउन चाहेपनि त्यो पूरा सम्भव नभएको बताए । उनले आफूहरुले जनयुद्ध र जनआन्दोलनका उपलब्धीको रक्षा गर्दै अमूल परिवर्तनको लागि क्रान्तिकारी माओवादीहरु एकजुट हुने पर्ने बताए । महासचिव शुशीलले विद्यार्थी समाजका सचेत वर्ग भएको बताउँदै शिक्षा क्षेत्रका साथै देशकै आमूल परिवर्तनको लागि विद्यार्थीलाई संघर्षमा होमिन आग्रह गरे । उनले छात्रामाथि बलात्कारका घटना घट्नुमा राज्य जिम्मेवार रहेको बताए ।

कार्यक्रममा बोल्दै शुशीलले दलाल पुजिपति अर्थतन्त्रले समाजवादी नआउँने भन्दै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुपर्ने बताए । उनले राष्ट्रियताको लडाइँमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी माओवादीसँग सहकार्य गर्ने बताए । कार्यक्रममा माओवादी केन्द्रका सचिवालय सदस्य मेगबहादुर खत्री र पोलिट्ब्यूरो सदस्य पासाङ मुक्तानले असमान शिक्षाको खाडल बढ्दै गएको भन्दै त्यसको लागि आन्दोलन गर्ने बताए ।

सम्मेलनले रायमाझीको अध्यक्षमा १५१ सदस्य केन्द्रीय समिति चयन गरेको छ । महासचिव सुन्दर रायमाझी, सचिव मनोज यादव, सहसचिव सुस्मिता कुलुङ, कमला बोहरा र कोषाध्यक्ष बिनोद सुनाम रहेका छन् । प्रत्येक प्रदेशमा एकएक हुने गरी ७ उपाध्यक्ष बनाउन सम्मेनलले निर्णय पनि गरेको छ ।

२०७५ असोज ३ गते प्रकाशित

वि.सं.२०७५ असोज ३ बुधवार १०:१७ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...