back
NMB ad

समृद्ध प्रदेश र राष्ट्र निर्माण हाम्रो अभिभारा ः मुख्यमन्त्री शाही

Kumari bank ad

सुर्खेत, । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक न्यायसहितको समृद्ध कर्णाली प्रदेश र राष्ट्र निर्माण मुख्य अभिभारा रहेको बताउनुभएको छ ।

चौथो संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले आजको दिनमा राष्ट्रिय एकताको सुदृढीकरण, जनताको सार्वभौमिकताको रक्षा, सामानुपातिक र समावेशी विकाससहितको समाजवादी राज्य व्यवस्था स्थापनाको दिशामा अगाडि बढ्ने प्रेरणा सबैमा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

सन्देशमा भनिएको छ, “नेपाली जनताको दशकौँदेखिको बलिदानीपूर्ण सङ्घर्षको ऐतिहासिक उपलब्धिस्वरुप आजकै दिन सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान, २०७२ जारी भएको थियो । जसले जनताको घर आँगनमा स्थानीय सरकारहरुमार्फत सिंहदरबारको अधिकार गाउँमा पु¥याएको छ ।”

कर्णाली प्रदेश सरकारले यो वर्षलाई कानून तथा योजना निर्माणका रूपमा लिएको विचार व्यक्त गर्दै उहाँले हरेक नागरिकलाई संविधान प्रदत्त अधिकार प्रयोग गर्दै संविधान र सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्न हार्दिक अपिल गर्नुभएको छ ।

२०७५ असोज ३ गते प्रकाशित

वि.सं.२०७५ असोज ३ बुधवार १०:३० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...