back
NMB ad

संविधानको सफल कार्यान्वयनबाट नै संविधान दिवसको सार्थकता हुनेमा जोड

Kumari bank ad

पोखरा, । संविधान दिवसका अवसरमा गण्डकी प्रदेश सरकारद्वारा आज यहाँ आयोजित कार्यक्रममा संविधानको सफल कार्यान्वयनबाट नै संविधान दिवसको सार्थकता हुनेमा जोड दिइएको छ ।

नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको प्रतिफलस्वरुप संविधानसभाबाट प्राप्त संविधान कार्यान्वयनको चरणमा रहेको बताउँदै वक्ताले यसको भावना र मर्म अनुरुप अघि बढ्नुपर्ने बताए ।

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले संविधानको प्रभावकारी कार्यान्वयनका लागि यसका भावना र मर्मलाई आत्मसात् गरी अघि बढ्नु आवश्यक भएकोमा जोड दिनुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधानतः देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको बताउँदै यसको मर्मअनुरुप अधिकारको समुचित बाँडफाँट हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा पूर्वकानूनमन्त्री यज्ञबहादुर थापा, पोखरा लेखनाथ महानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङ, नेकपाका केन्द्रीय सदस्य राजकाजी गुरुङले नेपाली जनताको लामो समयको सङ्घर्षबाट प्राप्त संविधानको सफल कार्यान्वयनका लागि सबैको साथ र सहयोग आवश्यक हुने धारणा राख्नुभयो । रासस

२०७५ असोज ३ गते प्रकाशित

वि.सं.२०७५ असोज ३ बुधवार ११:१७ मा प्रकाशित

You can share this post!

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...