back
NMB ad

नेपालको कसैसँग पनि शत्रुता छैन प्रधानमन्त्री – केपी ओली

Kumari bank ad

न्यूयोर्क, । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कसैसँग पनि शत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट मुलुकलाई कम विकसित स्तरबाट विकसित बनाउन चाहेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले एशिया सोसाइटीले आज यहाँ आयोजना गरेको ‘शान्ति, प्रजातन्त्र तथा विकास’ विषयक सार्वजनिक व्याख्यान कार्यक्रममा उक्त कुरा बताउनुभएको हो । उहाँले नेपाली जनताले राणा र शाहवंशका निरङ्कुशताविरुद्ध सङ्घर्ष गरेको र अन्त्यमा उनीहरूलाई पराजित गरी संविधानसभामार्फत सङ्घीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्था स्थापना गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाली जनताले वर्तमान लोकतान्त्रिक व्यवस्थाका लागि निकै ठूलो त्याग गरेको र धेरै शहीद भएको बताउँदै नेपालका सबै राजनीतिक दलले हतियार उठाएको स्मरण गर्दै अन्त्यमा बन्दुकको गोलीबाट नभइ जनताको मतबाट परिवर्तन र शान्ति आएको उल्लेख गर्नुभयो । उहाँले पूर्ण बहुमतको आफ्नो सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को योजनालाई कार्यान्वयन गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालमा जलविद्युत्का लागि निकै ठूलो भण्डार रहेको र कुनै पनि लगानीकर्तालाई सही रूपमा यस क्षेत्रमा लगानी गर्न अवसर दिन सकिने बताउनुभयो । उहाँले पिस कर्प कार्यक्रम सञ्चालन गरेकामा अमेरिकी सरकारलाई धन्यवाद दिँदै यो कार्यक्रम आरम्भ हुँदाको अवस्था अब नेपालमा नरहेको र निकै परिवर्तन भइसकेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले एक प्रश्नको उत्तरमा नेपालमा हिउँको तहले पृथ्वीको जमीन सिँच्न सहयोग गर्ने र समुद्रमा हुने प्रदुषणले बादलको रूपमा हिमाललाई पनि प्रदूषित पार्नसक्ने उदाहरण दिँदै नेपाली समाज विविधतायुक्त भएको र आफूले एकै परिवारमा १३५ सदस्य एकै स्थानमा बस्ने र हुर्कने गरेको समेत देखेको उल्लेख गर्नुभयो । उहाँले कुनै पनि मुलुकले नचाहेसम्म ऋणको भार नबोक्ने बताउँदै नेपालले पनि सकेसम्म अनुदान र नभए कम ब्याजको ऋण चाहेको बताउनुभयो । यस व्याख्यानको सञ्चालन अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडले गर्नुभएको थियो ।

विश्वव्यापी परिस्थितिमा एशियाली तथा अमेरिकी जनता, नेता तथा संस्थाबीच आपसी समझदारी प्रवद्र्धन गर्ने तथा उनीहरूबीच साझेदारी बलियो बनाउने उद्देश्यले ‘एशिया सोसाइटी’ सन् १९५६ मा स्थापना भएको प्रमुख शैक्षिक संस्था हो । कला, व्यवसाय, संस्कृति, शिक्षा तथा नीतिका क्षेत्रमा यस सोसाइटीले अन्तर्दृष्टि प्रदान गर्छ, विचार सिर्जना गर्छ तथा वर्तमान चुनौतीलाई सम्बोधन गर्न सहयोग प्रवद्र्धन गर्छ र साझेदारीयुक्त भविष्य निर्माण गर्छ ।

यो गैरराजनीतिक र गैरनाफामूलक शैक्षिक संस्था हो र यसको कार्यालयहरू हङकङ, हस्टन, लस एन्जलस, मुम्बइ, न्यूयोर्क, सान फ्रान्सिस्को, सोल, साङ्घाइ, सिड्नी, टोकियो, वासिङ्टन डिसी तथा जुरिकमा रहेका छन् । रासस

२०७५ असोज १० गते प्रकाशित

वि.सं.२०७५ असोज १० बुधवार १४:१४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...