back
NMB ad

मध्यपहाडीमा कालोपत्रे तयारी

Kumari bank ad

बागलुङ, । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डमा कालोपत्रेको तयारी भएको छ । यो हिउँदमा ‘ग्राबेल’ र अर्को वर्ष मङ्सिरभित्रमा कालोपत्रे सक्ने आयोजनाको लक्ष्य छ । कालोपत्रेको लागि पूर्वाधार तयारीको काम भइरहेको लोकमार्गका इञ्जिनीयर सुरज महर्जनले बताउनुभयो ।

सडक चौडा गर्ने, पहिरो नियन्त्रण, पर्खाल, नाली निर्माणलगायतका काम धमाधम भइरहेका छन् । जिल्लामा पर्ने १४२ किमी सडकमध्ये सदरमुकामदेखि घोडाबाँधेसम्म २५ किमी र बुर्तिबाङदेखि पूर्वी रुकुम सीमा पातीहाल्नेसम्म ४५ किमी कालोपत्रे हुन बाँकी छ । घोडाबाँधे–बुर्तिबाङ ६४ किमी भने कालोपत्रे भइसकेको छ ।

विसं २०५४ मै मार्ग खोल्न शुरु भएको सडक बल्ल कालोपत्रे हुने भएको हो । बागलुङ बजारदेखि बिहुँसम्मको १३ किमी ‘सिद्वीटाइ कन्सट्रक्सन’ र घोडाबाँधेसम्मको बाँकी खण्ड निर्माणको जिम्मा ‘सूर्य कन्सट्रक्सन’ले लिएको छ । त्यस्तै बुर्तिबाङदेखि पूर्वी रुकुम सीमा पातीहाल्नेसम्मको ४५ किमी ‘कालिका प्यासेफिक’ र ‘इसिआर÷कन्काइ’ निर्माण कम्पनीको जिम्मामा छ ।

उक्त खण्डको २४ किमीमा ‘ग्राबेल’ भइसकेकाले कालोपत्रे छिटो हुने भएको छ । सदरमुकामपट्टिको खण्डमा पनि काम तीव्रगतिमा अघि बढेको ठेकेदार कम्पनीले जनाएका छन् । केही वर्षअघि नै कालोपत्रे भइसक्नुपर्ने उक्त खण्ड ठेकेदार कम्पनीकै लापरबाहीले ढिलो भएको हो । लोकमार्ग आयोजनाले ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी हटाएर नयाँलाई जिम्मा दिएको हो ।

सदरमुकामतर्फकै सडक निर्माणमा भएको ढिलाइले जनगुनासो पनि बढेको थियो । “अहिले भइरहेको काम हेर्दा केही आशा पलाएको छ” काठेखोला गाउँपालिका–५ का शिवलाल कँडेलले भन्नुभयो, “कालोपत्रे छिट्टै होस् भन्ने हाम्रो माग छ ।” कालोपत्रे नहुँदा हिउँदमा धूलो र वर्षामा हिलोको सास्ती खेप्नुपर्ने बाध्यता स्थानीयवासीमा छ ।
जिल्लामा पर्ने लोकमार्गका १४ मध्ये ११ पुल बनिसकेका छन् । बुर्तिबाङको भुजी र बागलुङ नगरपालिकाको खहरे खोलामा निर्माणाधीन पुल पनि अन्तिम चरणमा छन् । जिल्लाको मेरुदण्ड मानिएको लोकमार्ग कालोपत्रे हुँदासाथ यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने ठानिएको छ । नेपालको पूर्व–पश्चिम जोड्ने लोकमार्गले बागलुङको सबैभन्दा बढी १४२ किमी दूरी समेटेको छ । रासस

२०७५ असोज १० गते प्रकाशित

वि.सं.२०७५ असोज १० बुधवार १४:४४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...