back
NMB ad

क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको उपचार केन्द्र बनाउनुपर्छ – सभामुख

Kumari bank ad

चितवन,। सभामुख कृष्णबहादुर महराले यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको उपचार केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

अस्पतालको १९ औंँ वार्षिकोत्सव तथा १४ औँं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपालको मात्र नभएर यस अस्पताललाई अन्तर्राष्ट्रियस्तरको नमूना अस्पतालको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

सभामुख महराले चीन सरकारको सहयोगमा बनेको यस अस्पतालमा उपचारसँगै अध्ययन अनुसन्धान, पठनपाठनसमेत गराउनुपर्ने बताउनुभयो । क्यान्सर अस्पताललाई नमूना अस्पतालको रुपमा विकास गर्न आफूले पहल गर्ने बताउनुभयो । सरकार, निजी क्षेत्र र समुदाय मिलेर अस्पताल विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।

सभामुख महराले भन्नुभयो, “विकास निर्माण, देशव्यापी रुपमा भएका सामाजिक, सांस्कृतिक विकृति, विसङ्गतिका कुरा पनि छन्, यसप्रति संसद् असाध्यै सतर्क छ, ती विषयलाई ध्यानाकर्षण गर्न मेरो तर्फबाट कुनै कसर बाँकी हुने छैन ।”

कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अस्पताललाई नमूना बनाउनुपर्ने बताउनुभयो । उहाँले विदेशीसमेत उपचार गर्न आउने यस अस्पताललाई अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का जिल्ला नेता तेजेन्द्र खड्का, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, सङ्घीय समाजवादी फोरमका जिल्ला अध्यक्ष प्रेम भुजेल, अस्पतालका निवर्तमान अध्यक्ष डा प्रकाशराज न्यौपाने, क्यान्सर सेवा समाजका अध्यक्ष चिजकुमार मास्केलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा अस्पताललाई उल्लेखनीय योगदान पु¥याएको भन्दै अस्पतालका निर्वतमान अध्यक्ष डा प्रकाशराज न्यौपाने, क्यान्सर सेवा समाजका निवर्तमान अध्यक्ष श्यामप्रसाद लामिछानेसहित विभिन्न विभागका कर्मचारीलाई सम्मान गरिएको थियो ।

विसं २०५७ असोज १० गतेबाट औपचारिक रुपमा सेवा दिन थालेको क्यान्सर अस्पतालमा हाल ४५० श्यया सञ्चालनमा रहेको कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले बताउनुभयो । नेपालमा क्यान्सर अस्पताल स्थापना भएको आजको दिनलाई राष्ट्रिय क्यान्सर सतर्कता दिवसको रुपमा मनाउने गरिन्छ । रासस

 

२०७५ असोज १० गते प्रकाशित

वि.सं.२०७५ असोज १० बुधवार १४:५९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...