back
NMB ad

पेट्रोल पाइपलाइन परियोजनाको कार्य प्रगति राम्रो

Kumari bank ad

जनकपुरधाम । भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानले मोतिहारी–अमलेखगञ्ज पेट्रोल पाइपलाइन परियोजनाको कार्य प्रगति राम्रो भएको बताउनुभएको छ ।

जनकपुरधाममा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “परियोजनाको कार्य प्रगतिलाई हेर्दा समयमै पाइपलाइन विस्तार कार्य पूरा हुने सङ्केत गरेको छ ।”

भारतीय मन्त्री प्रधानले नेपाली जनताको भावनाअनुसार ३२२ करोड भारतीय रूपैयाँको लगानीमा मोतिहारी– अमलेखगञ्ज पेट्रोल पाइपलाइन विस्तार परियोजना कार्यान्वयनमा रहेको उल्लेख गर्दै पेट्रोल आपूर्तिमा प्राकृतिक र अन्य जटिलता उत्पन्न नहोस् भन्ने कुरालाई पनि विशेष ध्यान दिई पाइपलाइन विस्तारको कार्य भइरहेको जानकारी दिनुभयो ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पेट्रोल पाइपलाइन विस्तार परियोजनाको ६० प्रतिशत कार्य सम्पन्न भइसकेको बताउँदै परियोजनाको कार्य सम्पन्नपछि पेट्रोलको आपूर्ति सहज र सरल ढङ्गले हुने र ढुवानी खर्चसमेत कम लाग्नेछ भन्नुभयो ।

आगामी दिनमा महेन्द्रनगर– मुझफरपुर ग्यास पाइपलाइन विस्तारको सम्भावित अध्ययनबारे छलफल भइरहेको बताउँदै उहाँले धनुषा जिल्लाको धनुषाधाममा सीप विकास केन्द्रको स्थापना गर्ने योजना सम्बन्धमा भारतीय पक्षसँग छलफल भइरहेको छ भन्नुभयो । एक प्रश्नको जवाफमा मन्त्री यादवले अन्तर्राष्ट्रिय मूल्य वृद्धिका कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको बताउनुभयो । रासस

२०७५ असोज १३ गते प्रकाशित

वि.सं.२०७५ असोज १३ शनिवार १५:४४ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...