back
NMB ad

सेयर किन्ने बढे, लगानीकर्ता प्रभु बैंकमा बढी झुम्मिए

Kumari bank ad

काठमाडौं । पछिल्लो समय सेयर किन्ने ह्वात्तै बढेका छन् । सेयर कारोबार रकम बढेकोले पनि यसको पुष्टि गर्छ । गत साता चार दिनमा तीन अर्ब ३० करोडको सेयर कारोबार भएको छ । यो अघिल्लो साताको भन्दा निकै बढी हो । अघिल्लो साता दुई अर्ब ५० करोड रुपैयाँको मात्र सेयर कारोबार भएको थियो । गत साता लगानीकर्ताहरु प्रभु बैंकको सेयर खरिद गर्न तँछाडमछाड नै गरे ।

आकर्षक लाभांश दिने तयारी प्रभु बैंकले गर्दै छ भन्ने सुचना सेयर बजारमा फैलिएपछि उक्त बैंकको सेयर खरिद गर्न लगानीकर्ता झुम्मिएका हुन् । गत साता सो बैंकको २३ करोड ३६ लाख १० हजार बराबरको सेयर कारोबार भएको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेसँगै सेयर कारोबार पनि बढेको हो । अहिले लगानी गर्दा तत्कालै प्रतिफल पाउने त छदै छ, त्यसमा पनि निकै तल आएको सेयर बजार अब माथि जाने सम्भावना त्यतिकै देखिएकाले लगानीकर्ता खरिद गर्न आकर्षित भएका हुन् ।

गत साता कूल १८९ कम्पनीको एक करोड ६७ लाख ७२ हजार २४० कित्ता शेयर खरीद बिक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । कारोवार रकम अघिल्लो साताको भन्दा २६ दशमलव शुन्य दुई प्रतिशतले बढी हो । अघिल्लो साता १८९ कम्पनीको ९० लाख ७० हजार ७७० कित्ता सेयर खरीद बिक्री भएको थियो । प्रभु बैंकपछि कारोबार भएको सेयर संख्याका आधारमा क्यपिटल मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा छ । सो क्यापिटलको ३० लाख ८५ हजार कित्ता सेयर कारोवार भयो ।

२०७५ असोज १४ गते प्रकाशित

वि.सं.२०७५ असोज १४ आइतवार ०८:४९ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...