back
NMB ad

भक्तपुरमा सुरु भयो निःशुल्क ज्येष्ठ नागरिक सेवा केन्द्र

Kumari bank ad

भक्तपुर । गुप्तेश्वर महादेव संरक्षण समितिले ज्येष्ठ नागरिकको सेवा गर्न आजदेखि भक्तपुरमा ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गरेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट वडा नं १ सिरुटार र ललितपुरको चाँगाथली गुप्तेश्वर बालकोट– २ स्थित गुप्तेश्वर महादेवमन्दिर परिसरमा केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रको आज १००८ स्वामी रमानन्द गिरीले उद्घाटन गर्नुभयो । उहाँले ज्येष्ठ नागरिकलाई सेवा, संरक्षण र धार्मिक प्रवचन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा ६२ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । केन्द्रको संयोजक भाइकृष्ण श्रेष्ठले यस केन्द्रमा ज्येष्ठ नागरिकलाई दैनिक निःशुल्क रुपमा सेवा दिने बताउनुभयो । उहाँले भन्नुभयो,“ज्येष्ठ नागरिकलाई दिन बिताउन कठिन हुँदै आएको छ, उनीहरुको आवश्यक चाहना पूरा गराउन र स्वास्थ्यमा टेवा पु¥याउन केन्द्र सञ्चालनमा ल्याएका हौ ।”

बालकोट, सिरुटार र चाँगाथलीका नागरिकलाई आजबाट प्रत्येक दिन दिउँसो मन्दिर परिसरमा बस्ने, चिया तथा खाजा खाने, विभिन्न धार्मिक कार्यक्रम प्रवचन गर्ने, ध्यान तथा ज्ञानका कुरा सिकाउने उहाँले बताउनुभयो । उनीहरुलाई प्रत्येक साताको तीन दिन अभ्यूदय स्वास्थ्यसेवा केन्द्रले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी रक्तचाप, मधुमेहलगायतका स्वास्थ्य परीक्षण एवं सेवा दिने संयोजक श्रेष्ठले जानकारी दिनुभयो । सेवा केन्द्र सञ्चालन गर्न मासिक रु ४० हजार खर्च हुने र हाल स्थानीय दाताबाट मासिक रु २५ हजार सङ्कलन भएको जनाइएको छ । साथै स्थानीय दाताबाट आवश्यक रकम सङ्कलन गरिने उहाँको भनाइ थियो ।

कार्यक्रममा सभापति एवं गुप्तेश्वर महादेव संरक्षण समितिका अध्यक्ष शिवराम श्रेष्ठले ज्येष्ठ नागरिकका लागि आजबाट सञ्चालित सेवा केन्द्र निकै लाभदायी हुने बताउनुभयो । रासस

२०७५ असोज १५ गते प्रकाशित

वि.सं.२०७५ असोज १५ सोमवार १५:११ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...