back
NMB ad

दसैं लागेको संकेत दियो सेयर बजारले

Kumari bank ad

काठमाडौं । सेयर बजारले दसैं लागेको संकेत दिएको छ । विगतका वर्षहरु पनि दसैको पूर्वसन्ध्यामा सेयर बजार ओरालो लाग्ने गरेको थियो । अहिले पनि त्यही गतिलाई निरन्तरता दिन थालेको छ ।

लगानीकर्ताहरु सेयर बेचेर दसैंका लागि पैसाको जोहो गर्न थालेका कारण सेयर बजार मापक नेप्से बुधबार १०.७६ विन्दुले घटेको छ । अहिले सेयर बजार मापक नेप्से १२३०.६० विन्दुमा आइपुगेको छ । नेप्सेले दसैं लागेको संकेत दिएको ब्रोकरको भनाइ छ । दसैंतिहार जस्ता महत्वपूर्ण चाडपर्व नजिकिने समयमा कतिपयले खर्च जोहो गर्न सेयर बेच्ने गरेको एक ब्रोकरले बताए । त्यसैको असर सेयर बजारमा पर्ने गर्दछ ।

विगत वर्षमा पनि दसैको पूवसन्ध्यादेखि तिहारसम्ममा सेयर बजार सुस्ताएको थियो । अहिले पनि त्यही अवस्था हुने ब्रोकरको भनाइ छ । यसले पनि सेयर बजारमा त्यसैको प्रभाव पर्नेअनुमान गरिएको छ । तर, बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांशको घोषणा गर्न थालेको र दुई महिनाभित्रै अनलाइन सेवा सुरु हुने, सेयर धितोमा बैंकहरुले कर्जा दिन थालेको, बैंकले ब्याजदर घटाउँदै गएको कारण पनि सेयर बजारमा सुधार आउने अपेक्षा गरिएको लगानीकर्ताको भनाइ छ ।

२०७५ असोज १८ गते प्रकाशित

वि.सं.२०७५ असोज १८ बिहीवार १०:१५ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...