back
NMB ad

तितेपातीबाट तेल उत्पादन, लिटरको आठ हजार ५००

Kumari bank ad

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा तितेपाती प्रशोधन गरेर सुगन्धित तेल उत्पादन गर्न थालिएको छ ।पाथेकाका नौ युवाको समूहले शेयर लगानीमा खेर गइरहेको तितेपाती प्रशोधन गरेर सुगन्धित तेल उत्पादन गर्न थालेको हो । करीब रु ३५ लाखको लगानीमा पाथेकाको तापखोलास्थित त्रिवेणीमा सो उद्योग स्थापना गरिएको हो । ‘समृद्धि पथ एग्रो कम्पनी प्रालि’द्वारा सञ्चालित सो उद्योगबाट हालसम्म २५ लिटर तेल उत्पादन भएको सञ्चालक मुगाधन राईले बताए ।

“तीन हप्तासम्म परीक्षण गरेर तेल प्रशोधन गर्न थालिएको हो,” उहाँले भन्नुभयो । सो क्षेत्रमा पर्याप्त मात्रामा तितेपाती रहेको छ । औषधिका रुपमा प्रयोग गरिने तितेपाती तेलको माग बढ्दै गएको राईले बताए । प्रतिलिटर रु आठ हजार ५०० का दरले तेल बिक्री भइरहेको छ । “हामीले तेल उत्पादन थालेलगत्तै विभिन्न ठाउँबाट माग आउन थालेको छ”, राईले भने, “हाम्रो उत्पादनले बजार पाउन थालेको छ ।”

तेल उत्पादन गर्नका लागि एक पटकमा करीब ७०० किलो तितेपाती पकाउनु पर्छ । दुई पटकमा गरी करीब दुई लिटर तेल निकाल्न सकिन्छ । तितेपाती सङ्कलन गरी वाष्पीकरण विधिबाट पकाएर तेल निकाल्ने गरिन्छ । रासस

२०७५ असोज १९ गते प्रकाशित

वि.सं.२०७५ असोज १९ शुक्रवार १६:०३ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...