back
NMB ad

नेकपाको जिल्ला कमिटीलाई एकीकृत रुपमा गतिविधि गर्न निर्देशन

Kumari bank ad

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रदेश नं ३ ले जिल्ला तहमा एकता नहुँदासम्मका लागि पदाधिकारीहरुलाई एकीकृत रुपमा गतिविधि गर्न निर्देशन दिएको छ ।

प्रदेश नं ३ इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवले जिल्ला तहमा पार्टीको गतिविधिमा शून्यता भएपछि पूर्वनेकपा (एमाले) र पूर्वनेकपा (माओवादी केन्द्र)का जिल्ला कमिटीका पदाधिकारीलाई आफ्ना मातहतका जिल्ला कमिटीलाई एकीकृत रुपमा गतिविधि गर्न निर्देशन दिइएको हो । प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले जिल्ला तहमा कार्यक्रम सञ्चालन नभएपछि पार्टीलाई चलायमान गराउनका लागि दुवै पार्टीका कमिटीलाई संयुक्त रुपमा गतिविधि सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

नेकपाले यसअघि जिल्ला कमिटी एकीकरण नहुँदासम्म कार्यक्रम गर्न रोक लगाएको थियो । यसले गर्दा दुवै पार्टीका तल्ला कमिटी एकीकरण नहुँदा गतिविधि ठप्प थियो । दुवै जिल्ला कमिटीलाई प्रदेश पदाधिकारीको परामर्शमा गतिविधि गर्न भनिएको छ । “केन्द्रमा पार्टी एकीकरण भए पनि जिल्ला तहमा एकीकरण नहुँदा गतिविधि ठप्प भएका थिए”, उहाँले भन्नुभयो, “जिल्ला कमिटीको एकीकरण नहुँदासम्म दुवै पार्टीका जिल्ला कमिटीका पूर्वपदाधिकारीलाई जिल्लामा योजना कार्यक्रम बनाई गतिविधि गर्न भनेका छौँ ।”

उहाँको निर्देशनानुसार जिल्ला कमिटीले पनि धमाधम कार्यक्रम र योजना बनाई गतिविधि सञ्चालन गरिरहेका छन् । प्रदेश पदाधिकारीले ती जिल्ला कमिटीलाई पार्टी कार्यालय सञ्चालन एकै ठाउँबाट गर्न, सङ्गठित सदस्यलाई एकीकृत गर्न तथा भौतिक सम्पत्ति र खाता सञ्चालन गर्न पनि एकैबाट गर्न समेत निर्देशन दिइएको इञ्चार्ज शाक्यले बताउनुभयो ।

केही दिनअघि मात्र पार्टी सचिवालय बैठकले परिपत्र जारी गदै प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव तोकेर पार्टीको विधान, नियमावली र निर्देशनानुसार जिल्ला तह तथा जिल्ला मातहतका सबै कमिटीको एकीकरण गर्न निर्देशन दिएको थियो । यस्तै प्रदेश पदाधिकारीले दुवै पार्टीका क्षेत्रीय, नगर, गाउँ र वडा कमिटीलाई गतिविधि गर्न समेत भनेको छ । दुवै जिल्ला कमिटीलाई क्षेत्रीय, नगर, गाउँ र वडा कमिटीको एकीकरणको प्रस्ताव प्रदेशमा पेश गर्न समेत निर्देशन दिइएको इञ्चार्ज शाक्यले बताउनुभयो ।

प्रदेश नं ३ इञ्चार्जमा शाक्य, सहइञ्चार्जमा हितमान शाक्य, अध्यक्ष नारायण दाहाल र सचिवमा आनन्द पोखरेल रहनुभएको छ । सो प्रदेशमा काठमाडौँ, ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, धादिङ, काभ्रेपञ्लाचोक, सिन्धुपाञ्चोक, दोलखा, रामेछाप, सिन्धुली, चितवन र मकवानपुर छन् । उहाँले १३ वटै जिल्लामा आफूहरु पुगी कार्यक्रम योजना र भेलासमेत गर्ने बताउनुभयो ।

जिल्ला कमिटीले दशैँतिहार र छठका अवसरमा कार्यक्रमसमेत तय गर्न थालेको उहाँले जानकारी दिनुभयो । “हामी आफैँ पनि जिल्ला पुगेर भेलामा सहभागी हुन्छौँ”, उहाँले भन्नुभयो, “दशैँअघि नै पार्टीका जिल्ला तहमा धेरै गतिविधि हुन्छ ।” रासस

२०७५ असोज १९ गते प्रकाशित

वि.सं.२०७५ असोज १९ शुक्रवार १८:५१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...