back
NMB ad

सानिमा बैंकको कात्तिक ३० देखि दुई अर्बको ऋणपत्र खुल्दै, ब्याजदर कति ?

Kumari bank ad

काठमाडौं । सानिमा बैंकले कार्तिक ३० गते देखि दश वर्ष अवधिको दुई अर्ब रूपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरमा २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

यस ऋणपत्रमा मंसिर ४ गतेसम्म आवेदन दिन सकिनेछ । यो अवधिमा आवश्यक मात्रामा ऋणपत्र नबिकेमा पुस १ गतेसम्म म्याद थप हुनेछ । ऋणपत्रका लागि बिक्री प्रबन्धक काठमाडौं क्यापिटल कमलादी, काठमाडौं तथा सनिमा बैंकको सम्पूर्ण शाखाबाट आवेदन दिन पाइन्छ ।

कुल २० लाख कित्तामध्ये ३ लाख ८० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । २० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी १६ लाख कित्ता व्यक्तिगत रुपमा जारी हुनेछ । सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले सानिमाको यो ऋणपत्रलाई न्यून कर्जा जोखिम जनाउने रेटिङ दिएको छ । यो ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याज पाइनेछ । आर्थिक वर्षको प्रत्येक ६ महिनाको अन्त्यपछि ब्याज भुक्तानी हुने बैंकले जनाएको छ ।

२०७५ कार्तिक १८ गते प्रकाशित

वि.सं.२०७५ कात्तिक १८ आइतवार १३:३८ मा प्रकाशित

You can share this post!

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५४

गुल्मी, १६ वैशाखः जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप...

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३७

दमौली : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र...