back
NMB ad

चिसो बढेसँगै चिसियो सेयर बजार, नेप्सेसँगै कारोबार रकममा पनि कमी

Kumari bank ad

काठमाडौं । चिसो बढेसँगै सेयर बजार पनि खुम्चिदै गएको छ । सेयर बजार मापक नेप्सेसँगै कारोबार रकममा समेत कमी आएको छ ।
१८८१ अंकमा पुगेको नेप्से सूचक घटेर ११८९.५६ विन्दुमा आइपुगेको छ । लगानीकर्ताको भावना बैंकहरुले नबुझेका कारण नेप्से निरन्तर ओरालो लाग्दै गएको ब्रोकरको भनाइ छ । लगानीकर्ताले नगद भन्दा बोनस सेयर अपेक्षा गर्छन् । तर, बैंकहरुले धमाधम नगद लाभांश दिन थालेपछि लगानीकर्तामा निरास छाएको हो । जसका कारण सेयर बजार ओलारो लाग्न गएको हो ।

पछिल्लो समय नेप्सेसँगै कारोबार रकममा समेत कमी आएको छ । दैनिक ४० करोड भन्दा बढी रकमका कारोबार हुने गर्दथ्यो । तर, अहिले २१ करोड रुपैयाँको हाराहारीमा मात्र सेयर कारोबार हुन्छ । कारोबार रकममा समेत दैनिक आधा भन्दा बढी रकमले कमी आउन थालेको छ ।
नेप्से र कारोबार रकममा समेत कमी आउनु दुखदायी भएको बिश्लेषकहरुको भनाइ छ । सेयर बजार घट्नु नगद लाभांश मात्र कारण भने होइन् । बैंक तथा वित्तीय संस्थाहरुले लगानीयोग्य रकम (तरलता)को अभाव देखाउँदै सेयरधितो राखेर लिने ब्याजदर बढाएका कारण नेप्सेसँगै कारोबारमा पनि कमी आएको हो ।

त्यस्तै, सेयर बजारलाई घट्नुको अर्को कारण निरन्तर थपिइरहेको आइपीओ, हकप्रदले गर्दा पनि हो । माथिल्लो तामाकोशी आायोजनाको आइपीओ सेयरमा ठूलै पैसा लगानी भएको छ । अन्य कम्पनीहरुको आइपीओ पनि आउने क्रम जारी छ । यसैगरी, हकप्रद आउने क्रम पनि रोकिएको छैन । यसले पनि बजार ओरालो लाग्नमा मदत गरेको ब्रोकरको भनाइ छ ।

२०७५ मंसिर ४ गते प्रकाशित

वि.सं.२०७५ मंसिर ४ मंगलवार १०:१४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...