back
NMB ad

दोहोरो आवेदनका कारण तामाकोशीको आइपिओ बाँडफाँड पर धकेलियो

Kumari bank ad

काठमाडौं । एउटै व्यक्तिले दोहोरो आवेदन दिएका कारण माथिल्लो तामाकोशी जलविद्युत आयोजनको आइपिओ बाँडफाँड पर धकेलिएको छ । सञ्चयकोषका बचतकर्ता, ऋणदाता संस्थाका कर्मचारी, आयोजना प्रभावित लगायतका लागि दुई पटक आईपिओ निष्काशन भएपनि तेस्रो पटक सर्वसाधारणलार्ई निकालिएको सेयरमा पनि तिनै आवेदकले दोहोरो आवेदन दिएका कारण धेरै समस्या आएको हो ।
आयोजनाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सनराइज क्यापिटलले दोहोरो आवेदनका कारण सेयर बाँडफाँड प्रक्रियामा ढिलाइ भएको बताएका छन् ।

यसले गर्दा सेयर बाँडफाँड हुने समय पर धकेलिएको हो । अहिले पनि दोहोरो आवेदन गर्नेहरुको खोजी चलिरहेको छ । सोमबारसम्ममा ६ हजारभन्दा बढीको संख्यामा दोहोरो आवेदन गर्नेहरु फेला परेका छन् । अझै धेरै संख्यामा यस्ता आवेदकहरु भेटिने आँकलन गरिएको छ ।
दोहोरो आवेदन गर्नेहरुको आवेदन स्वतह रद्ध हुने सेयर निष्कासन तथा बिक्री प्रबन्धकहरुको भनाइ छ ।

माथिल्लो तामाकोशी आयोजनाले सर्वसाधारणलाई निष्काशन गरेको १ करोड ५० लाख ९० हजार ७५० कित्ता सेयरका लागि ३ लाख ४६ हजार बढीले आवेदन गरेका थिए । सबै आवेदनलाई अन्तिम रुप दिएर पछि मात्र सेयर बाँडफाँड गर्ने तयारीमा बिक्री प्रबन्धकहरुले रहेका छन् । यद्यपी मिति भने अझै तय गरिएको छैन ।

२०७५ मंसिर ४ गते प्रकाशित

वि.सं.२०७५ मंसिर ४ मंगलवार १०:२९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...