back
NMB ad

प्रधानमन्त्रीद्वारा काममा केन्द्रित हुन मन्त्री र सचिवहरुलाई निर्देशन

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरुलाई काममा केन्द्रीत हुन र जवाफदेही हुन निर्देशन दिनुभएको छ ।
आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम एवं वजेटको कार्यन्वयन सम्बन्धि समिक्षा बैठकलाई शनिवार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले काममा परिणाम नआउने ,काम नगर्ने तर प्रतिवेदनमात्र चुस्त बनाउदा जनताले सेवाको अनुभुती नगर्ने भएकोले परिणाम देखिने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले तीन दिनसम्म आयोजना गरिएको प्रगति प्रतिवेदन बैठक परिकल्पनाको समिक्षा नभइ कार्यान्वयनको अवस्थाको जानकारी लागि भएको बताउनुभएको छ । “यो बैठक परिकल्पनाको समिक्षा होइन, सरकारका नीति,कार्यक्रम र बजेटको हालसम्मको कार्यन्वयनको अवस्था थाहा पाउनका लागि आयोजना गरिएको हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “मन्त्रालयहरु केही न केही रचनात्मक हुन खोजेका छन् । कार्यान्वयनको राम्रै सुरुवात भएको छ । तर यसलाई तिव्रता दिनु पर्दछ । ”

वर्तमान सरकार गहन जिम्मेवारी सहित सफल हुनै पर्ने भएकोले सबैले त्यसै अनुसार काम गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । “सफल हुनका लागि सबै अवयवहरुलाई चुस्त बनाउनु पर्दछ । हरेक कुराको परिणाम देखिनु पर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले अनावश्यक र रहरका आधारमा विदेश भ्रमण नगर्न मन्त्री र सचिबलाई निर्देशन दिनुभएको छ । सरकारले मितव्ययी नीति लिएकोले हरेक कुरा कम खर्चमा सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन छ ।

आजको समिक्षा बैठकमागृह मन्त्रालयका सचिव प्रेम कुमार राई,परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले आफ्नो आफ्नो मन्त्रालयको प्रगति विवरण पेश गर्नुभएको थियो । यसैगरी रक्षा सचिव बिष्णु प्रसाद लम्साल,संघीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेश थपलीया,महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धि बहादुर खड्का,कानुन , न्याय तथा संसदीय मामिला सचिव राजीव गौतम र अर्थ मन्त्रालयका सचिव राजन खनाल,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव सुशीलनाथ प्याकुरेलले मन्त्रालयको प्रगति विवरण पेश गर्नुभएको थियो । बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडा र राष्ट्रिय योजना आयोगका उपाधक्ष्य डा.पुष्प कडेंलले पनि आफ्ना भनाइ राख्नु भएको थियो ।

२०७५ मंसिर ९ गते प्रकाशित

वि.सं.२०७५ मंसिर ९ आइतवार १२:०९ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...