back
NMB ad

युवा स्वरोजगार कोषको व्याज रकम ऋणीलाई फिर्ता

Kumari bank ad

भक्तपुर । सरकारले सहकारी मार्फत सहुलियत ऋण प्रदान गरि युवालाई स्वरोजगार बनाउन ल्याएको युवा स्वरोजगार कोष अन्र्तगतको ऋण लगानीको व्याज रकम फिर्ता गरेको छ । सहकारी मार्फत प्रदान गरेको ऋण भुक्तानी भए पश्चात कुल व्याजको ६० प्रतिशत रकम कोषले ऋणीलाई फिर्ता गरेको हो ।

युवा स्वरोजगार कोषले चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित युवा बचत तथा ऋण सहकारी संस्था लि.मार्फत लगानी गरेको ५० लाख ऋणको व्याज रकम ऋणीलाई नै फिर्ता गरेको छ । युवा साकोसमा आवद्ध २८ जना सदस्यहरुले लिएको ऋणको ३ लाख ४९ हजार रुपैयाँ व्याज रकम कोषले फिर्ता गरेको छ ।

व्याज रकम फिर्ता कार्यक्रममा बोल्दै युवा साकोसका अध्यक्ष प्रल्हाद बास्तोलाले कोषले प्रदान गरेको ऋणबाट चाँगुनारायणका ५, ६ र ७ नं. वडाका युवाहरु स्वरोजगार बन्न प्रोत्साहित गरेको बताउनुभयो । उहाँले दोस्रो किस्ता अन्र्तगत कोषले युवा सहकारीलाई ७५ लाख प्रदान गरेको र सो रकम पनि ३ वटै वडाका युवाहरुमा स्वरोजगार कार्यक्रम अन्र्तगत लगानी गरिएको जानकारी दिनुभयो ।

व्याज रकम फिर्ता कार्यक्रममा संस्थाका सचिव सोम शर्मा (बजगाईं), कोषाध्यक्ष प्रकाश बास्तोला, लेखा संयोजक जयराम बास्तोला, व्यवस्थापक बिनोद लामिछाने लगायतले युवा स्वरोजगार कोषले सहकारी मार्फत प्रदान गरेको सहुलियत ऋणको दायरा बढाउन सके युवा विदेश पलायन रोक्न मद्दत पुग्ने बताउनुभयो ।

२०७५ मंसिर २३ गते प्रकाशित

वि.सं.२०७५ मंसिर २३ आइतवार १२:०७ मा प्रकाशित

You can share this post!

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...