back
NMB ad

सूर्योदय लघुवित्तको ४२.७५ प्रतिशत बोनसमा मूल्य समायोजन पछि खुल्यो कारोबार

Kumari bank ad

काठमाडौं । नेप्सेले सूर्योदय लघुवित्तको ४२.७५ प्रतिशत बोनस पश्चात प्रतिकित्ता एक हजार एक रुपैयाँ पाँच पैसामा शेयरमूल्य समायोजन गरेको छ । सोमबार यही समायोजित मूल्यलाई आधार मानेर सूर्योदयको सेयर कारोबार खुलेको छ । कम्पनीको औसत आधार मूल्य भने ८७९ रुपैयाँ ३२ पैसा छ ।

सूर्योदयले ४२.७५ प्रतिशत बोनस सेयर र कर तिर्न २.२५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न पुस ७ गते वार्षिक साधारण सभा बोलाएको छ । यसका लागि सोमबार बुक क्लोज भएको हो । साधारण सभामा सेयर वितरणपछि कायम हुने १० करोड ७९ लाख १९ हजार रुपैयाँ चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

सूर्योदयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रस्तावित बोनसपछि चुक्ता पुँजी १० करोड ७९ लाख १९ हजार रपैयाँ छ । ५० प्रतिशत हकप्रदपछि भने यसको चुक्ता पुँजी १६ करोड १८ लाख ७८ हजार ५०० रुपैयाँ पुग्नेछ ।

२०७५ मंसिर २४ गते प्रकाशित

वि.सं.२०७५ मंसिर २४ सोमवार १२:०२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...