back
NMB ad

स्थानीय तहले पनि राष्ट्रिय शिक्षा नीतिलाई अनुसरण गर्नु पर्दछ : प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहले पनि राष्ट्रिय शिक्षा नीति अनुरुप कै नीति तय गर्नुपर्ने बताउनुभएको छ ।
उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले आज बुढानिलकण्ठमा आयोजना गरेको राष्ट्रिय शिक्षा सम्मेलनको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

“अहिले शिक्षाको नीति नियम बनाउने कुरा प्रदेश र स्थानीय तहलाई पनि दिइएको छ तर यी निकायले पनि राष्ट्रिय शिक्षा नीतिको अनुसरण गर्नु पर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले नेपालमा अझै पनि धेरै बालबालिका विद्यालय बाहिर रहेको बताउदै उनीहरुलाई विद्यालय भर्ना गराउन सरकार प्रयासरत भएको बताउनुभएको छ । “यस बर्ष हामीले कर्णालीबाट विद्यालय भर्ना अभियान सुरु ग¥यौं”प्रधानमन्त्री ओलीले भन्नुभयो “आगामी बर्ष भित्र विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर हुदैन् ।
नेपालीहरु विद्ध्वान पूर्खाका सन्तान भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विद्यार्थीले आफ्नो रुची अनुसारको अध्ययन गर्ने अवसर नपांउदा पछि परेको बताउनुभएको छ । अभिभावक र विद्यालयको रुची अनुसार पढिदिनु पर्दा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रष्फुरण गर्न नसकेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

“महंगो शुल्क लिएर पढाइरहेका निजी विद्यालयहरुलाई पनि म भन्न चाहन्छु पैसाको लोभमा विद्यार्थीको रुचीलाई नमार्नुहोस” प्रधानमन्त्री ओलीले भन्नुभयो “विद्यार्थीको रुची अनुसारको विषय तपाईंको विद्यालयमा पढाइ हुदैन भने उनीहरुलाई विद्यालयमा पढाउन सिफारिस गरिदिनुहोस ।”नेपाललाई विकासमा नेतृत्व गर्न सक्ने जनशक्ति आवश्यक परेकोले त्यसै अनुसारका विषयहरु छनौट गरेर पठन पाठन हुनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

२०७५ पौष ५ गते प्रकाशित

वि.सं.२०७५ पुस ५ बिहीवार १५:५९ मा प्रकाशित

You can share this post!

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता   

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:२८

काठमाडौँ, ८ जेठ : प्रतिनिधिसभाबाट ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक,...

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:५९

काठमाडौँ, ८ जेठः सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि...

राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सर्वसम्मतबाट पारित   

राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सर्वसम्मतबाट पारित   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:५५

काठमाडौँ, ८ जेठ : प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा...

४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प   

४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:४३

काठमाडौँ, ८ जेठः सशस्त्र प्रहरीका ४५ जना प्रशिक्षार्थी अधिकृतले कुश्माको...

चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान   

चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:३३

ढाका, ८ वैशाख : चालु आर्थिक वर्ष २०२३ जुलाई–०२४ जुनमा...