back
NMB ad

नेपालको तिव्र विकासका लागि छिमेकीको सहयोग आवश्यक : प्रम ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको तिव्र विकासका लागि छिमेकीको सहयोग आवश्यक हुने बताउनुभएको छ ।
चीन सरकारको सहयोगमा निर्माण भएको कोटेश्वर कलंकी सडक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको सपना पुरा गर्नका लगि छिेमकी देशरुबाट बहुआयामिक रुपमा सहयोग लिनु परेको उल्लेख गर्नुभएको छ । “नेपाल विकास र उन्नतीका लागि चीनले उदार र फराकिलो मनशायका साथ सहयोग गरेको छ । यसको म प्रशंशा गर्न चाहन्छु ” प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

हरेक दिन एक कदम अघि बढ्ने गरी सरकारले काम गरिरहेको बताउदै प्रधानमन्त्री ओलीले सरकारलाई ढिलो गर्ने छुट नभएको बताउनुभएको छ । तिव्र विकासका लागि अवरोधको रुपमा रहेका ऐन,कानुन,नियम वा अन्य प्रकारका व्यवधानलाई हटाउन सरकार तयार रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । “तिव्र विकासका अवरोध के के छन् सम्बन्धित निकायले ल्याउनुहोस । आवश्यकता अनुसार मन्त्रिपरिषदबाटै निर्णय गरेर त्यस्ता अवरोधहरु हटाउँला ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल चीन सम्बन्धमा नवीय मात्र होइन प्राकृतिक रुपले पनि नजिक रहेको स्पष्ट पार्नुभएको छ । “हाम्रो सम्बन्ध प्राचिनकाल देखि हो । प्राकृतिक रुपमा हो । साँस्कृतिक रुपमा पनि हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो । नेपालका लागि चीनका राजदुत हु यांकी (ज्यगथबलत्रष्) ले प्रधानमन्त्री ओलीलाई निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण गरेको घोषणा गर्नुभयो ।

२०७५ माघ १४ गते प्रकाशित

वि.सं.२०७५ माघ १४ सोमवार १५:४६ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...