back
NMB ad

कसरी भर्ने शिवम् सिमेन्टको आइपीओ, कति कित्तासम्म भर्न पाइन्छ ?

Kumari bank ad

काठमाडौं । शिवम् सिमेन्टको सोमबारदेखि आइपीओ खुल्ला भएको छ । शिवमले सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ बिक्रीमा ल्याएको हो । यसमा फागुन ९ गतेसम्म आवेदन दिन सकिनेछ । तर यस अवधिमा सबै सेयर नबिकेमा चैत ५ गतेसम्म भर्न पाइनेछ । संस्थागत लगानीकर्ताले पनि सोमबारदेखि नै यो आइपीओ भर्न सक्नेछन् ।

जसमा सामुहिक लगानी कोषहरु र शिवम् सिमेन्टका कर्मचारीका लागि ६० हजार कित्ता, सर्वसाधारणलाइ ४१ लाख २० हजार कित्ता र मकवानपुरबासिका लागि ५ लाख ७९ हजार ६४० कित्ता शेयर बिक्री खुल्ला भएको हो।

सर्वसाधारणले प्रतिकित्ता ३०० रुपैयाँको दरमा ४१ लाख २० हजार कित्ताका लागि आवेदन दिन पाउने छन् । कुल ४४ लाख कित्तामध्ये २ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । यस्तै, सामूहिक लगानी कोषलाई पनि २ लाख २० हजार कित्ता नै छुट्याइएकोमा ६० हजार कित्तामात्र माग भएपछि बाँकी १ लाख ८० हजार कित्ता पनि सर्वसाधारणलाई नै थप गरी बिक्री खुला गरिएको हो ।

आयोजना प्रभावित स्थानीयले पनि अब प्रतिकित्ता २०० रुपैयाँमा आइपीओ किन्न सक्नेछन् । यसअघि स्थानीयलाई ३०० रुपैयाँको दरमा ८ लाख ८० हजार कित्ता आइपीओ जारी गर्दा २ लाख २४० कित्ता मात्र बिकेको थियो ।

स्थानीयले पनि फागुन ६ सोमबारदेखि ९ गतेसम्म आवेदन दिन पाउनेछन् । सर्वसाधारणले न्यूनतम ५० देखि अधिकतम ४४ लाख कित्तासम्म र स्थानीय बासिन्दाले न्यूनतम ५० देखि अधिकतम ५ लाख ७९ हजार ६४० कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वाबाट आवेदन दिन पाइनेछ ।

सो शेयरधनीलाई स्थानीयलाई छुट्टाएर बिक्री हुन बाँकी शेयरमध्ये थप १ लाख १२० कित्ता थप शेयर उपलब्ध गराएर बाँकी रहने ५ लाख ७९ हजार ६४० कित्ता आईपिओ शेयरमा मकवानपुरबासीले फेरि आवेदन गर्न सक्नेछन्।

२०७५ फागुन ६ गते प्रकाशित

वि.सं.२०७५ फागुन ६ सोमवार १०:३० मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...