back
NMB ad

आगामी निर्वाचनमा नेकपालाई दुई तिहाइ मत ल्याउन कसैले रोक्न सक्दैन : प्रम ओली

Kumari bank ad

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा एकताबद्ध रुपमा अघि बढेको बताउनुभएको छ ।

सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ताको बिशेष भेलालाई आज धनगढीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले स्थानीय स्तरका कमिटी र जनवर्गीय संगठनको एकिकरणमा केही ढिलाइ भएको भए पनि त्यो अवस्था अब नलम्बिने स्पष्ट पार्नुभयो । “पार्टी एकिकरणमा केही ढिलाइ भयो तर अब त्यो अवस्था रहदैन । अब सबै कमिटीहरुको एकता छिट्टै टुंगिदैछ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा नेकपालाई दुई तिहाइ मत ल्याउन कसैले रोक्न नसक्ने बताउनुभएको छ । “वर्तमान सरकार काम र पार्टी एकतापछि निर्माण हुने मजवुद संगठनले जनताको मन जितेर आगामी निर्वाचनमा पार्टीलाई दुई तिहाइ मत दिने अवस्था आउँछ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

कतिपयले एउटै जंगलमा दुईटा शेर बस्न सक्दैनन् भने पनि नेकपामा दुईवटा शेर मिलेर बसेको प्रधानमन्त्री ओलीको भनाइ छ । “धेरैले भन्छन् एटै जंगलमा दुईवटा शेर बस्न सक्दैनन् तर हामीले देखाइदिंउ एउटै जंगलमा दुईवटा शेर पनि मिलेर बस्न सक्छन्” प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले भन्नुभयो “नेकपा एकजना प्रधानमन्त्री र तीनजना पूर्व प्रधानमन्त्री भएको पार्टी हो र, अरु धेरै क्षमतावान नेता भएको पार्टी हो । यसले नै देशलाई सही दिशामा अघि बढाउदछ ।”

प्रधानमन्त्री ओलीले अघिल्लो बर्ष देशको ढिकुटी रित्तिएकोले ज्येष्ठ नागरिक भत्ता वृद्धि गर्न नसकेको तर यो आगामी बर्षको बजेटमा ज्येष्ठ नागरिक भत्ता वृद्धि गरिने बताउनुभएको छ ।

२०७५ फागुन ८ गते प्रकाशित

वि.सं.२०७५ फागुन ८ बुधवार २१:३१ मा प्रकाशित

You can share this post!

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:१७

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन...

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:०४

तनहुँ, १९ वैशाख : व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु...

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:५७

काठमाडौँ, १९ वैशाख: घरेलु टोली नेपालले तेस्रो टी—२० खेलमा वेस्ट...